१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने कांग्रेसको निर्णय

सेयर:

१५ चैत्र, काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका अन्य दलसँग तालमेल गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले स्थानीय अवस्था र आवश्यकताका अनुसार गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने निर्णय गरेको बताएका छन्।

‘बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजय हुने आधार र परिस्थिति बनेकोमा अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ,’ उनले भने।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ। पार्टी सभापतिले थप परामर्श पछि समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लिखित विधान र प्रावधान र प्रकृयाअनुसार कार्य अगाडि बढाइने प्रवक्ता महतले जानकारी दिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।