१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

भद्रपुरमा क्लिन झापाको सरसफाइ सचेतना अभियान सम्पन्न

सेयर:

२५ चैत्र, भद्रपुर : सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले झापाको भद्रपुर नगरपालिकामा सरसफाइ सचेतना अभियान सम्पन्न ।
शुक्रबार भद्रपुरको वडा नं ३ को आदिवासीबहुल हात्तीमारामा सचेतना कार्यक्रम गरिएसँगै भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित अभियान सम्पन्न भएको क्लिन झापाका सचिव एवम् सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले बताउनु भयो ।
क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा वडा नं ३ मा सञ्चालित कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष कमला थुलुङले सरसफाइप्रति सबै सचेत हुनुपर्ने बताउनु भएको थियो । भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतसमेतको उपस्थिति रहेको ‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक सो कार्यक्रममा क्लिन झापाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा’ र ‘पूर्ण सरसफाइ’ तथा अध्यक्ष उपाध्यायले ‘खानेपानी तथा फोहोरमैला व्यवस्थापन’ विषयमा प्रस्तुति दिनुभएको थियो ।
अभियानअन्तर्गत भद्रपुरका विभिन्न वडामा ८ वटा सचेतना कार्यक्रम सम्पन्न गरिएको र यसबाट लगभग चारसय घरपरिवारले सरसफाइ बारे ज्ञान हासिल गरेको सचिव न्यौपानेको भनाइ छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।