१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली काँग्रेस झापाले परिस्थिति अनुसार अन्य दलसँग पनि गठबन्धन गर्ने

सेयर:

२५ चैत, बिर्तामोड : नेपाली कांग्रेस झापा पदाधिकारीको बैठकले गठबन्दन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्दन गरेबाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश नं–१ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदसय सुधिरकुमार शिवाकोटीको विशेष उपस्थितिमा भएको बैठकले गठबन्दनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
क्षेत्रीय सभापतिहरु समेतको सहभागिताका सम्पन्न बैठकमा गत २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ ।
बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा रख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु बीचमा छलफल गराई सहमतिको वातावरण बनाउन क्रियाशील रहन भने बैठकले मातहत निकायलाई निर्देशन गरेको हो ।
बैठकमा प्रदेश प्रतिनिधि नन्दकुमार नेम्बाङ, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, ढुण्डिराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।