१४ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

सेयर:

३ वैशाख, काठमाडौँ : पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको लागि भागबण्डा भोलि मात्रै टुंग्याउने भएको छ। बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने निर्णय गरेको हो।

बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनाइसकेको छ। बैठकमा तल्लो तहबाट आएको प्रतिवेदनको आधारमा भागबण्डाको सहमति हुने भएको छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।