१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपालमा डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा

सेयर:

काठमाडौं : नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।

राष्ट्र बैंककाे ६७औं वार्षिक स्थापना दिवसको अवसरमा राजधानीमा आयोजना गरिएकाे एक कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल मुद्रा ल्याउन लागेको जानकारी दिए ।

पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार भन्दै आएको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो ।

त्यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारिरहेकाे जनाइएकाे छ ।

-टेक पाना

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।