१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

निवासमा भेट्न आएका बालेन्द्रलाई ओलीले दिए तबला उपहार, र्‍यापमाथि गरे यस्तो टिप्पणी

सेयर:

३० असार, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीकाे आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न हिजाे निजि निवास बालकोट पुगेका थिए ।

भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो भएको भन्दै मेयर साहको प्रशंसा गरे । ओलीले मेयर साहको गीतमा टिप्पणी पनि गरे ।

उनले बालेनलाई भने,‘मैले तपाईंको गीतहरु सुनेको छु । राम्रो लाग्यो । तर तपाईले सबै नेताहरु चोर हुन्छन् भन्नुभएको छ । केही नेताहरु हुन्छन्, तर सबै नेताहरु हुदैनन् । गीतमा बाेल्दा सँधै सत्य बोल्नुपर्छ ।’

बालेनले ओलीको घरमा तबला देखेपछि तपाई बजाउनुहुन्छ ? भनेर सोधेका थिए । ओलीले सकारात्मक जवाफ दिए । बालेनले ‘मेरो पनि घरमा थियो, तर बिग्रेको छ’ भनेपछि ओलीले ‘यही लैजानुस भनेर तबला उपहार दिए ।

ओली र बालेनको यो दोस्रो भेट हो । यसअघि स्थानीय चुनावकाे मतगणनाकाे क्रममा नै बालेनले ओलीलाई बालकाेटमै गएर भेटेका थिए ।(नेपालप्रेस)

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।