१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

अवरोध गर्न खोज्ने स्थानीयलाई प्रहरीले हटाएपछि : बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन

सेयर:

२ साउन, काठमाडौँ : फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीलाई अवरोध गर्न खोज्ने स्थानीयलाई प्रहरीले हटाएको छ । पक्राउ परेका स्थानीयलाई छाड्नुपर्ने भन्दै उनीहरूले बिहीबार बिहान केहीबेर गाडी रोकेका थिए ।

प्रहरी परिचालन गरेपछि उनीहरू पछि हटेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

पार्किङ गरेर राखिएको फोहोर बोकेका गाडीसहित अन्य सवारीसाधन तोडफोड गरेको भन्दै प्रहरीले धुनिबेंसी-१ का दीपेश कार्कीलाई पक्राउ गरेको थियो । उनको रिहाइको माग गर्दै स्थानीयले आन्दोलन गरेका हुन् । प्रवक्ता मानन्धरले कानुनी प्रक्रिया पूरा भएपछि मात्रै आरोपित रिहाइ हुने बताए ।

प्रहरीले स्थानीयलाई हटाएपछि शान्तिपूर्ण रुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भइरहेको मानन्धरले जानकारी दिए । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठले अन्य दिनको तुलनामा धेरै गाडीहरुले फोहोर विसर्जन गरेको बताए ।

यस्तै, धेरै मात्रामा फोहोर थुप्रिएपछि उपत्यकाको फोहोर ढुवानीमा काठमाडौं महानगरपालिकालाई विभिन्न संघ-संस्थाहरूले सघाइरहेका छन् । महानगरपालिका र निजी क्षेत्रसँग भएका गाडीबाट ढुवानी गर्दा थुप्रिएको फोहोर हटाउन गर्न धेरै समय लाग्ने भएपछि महानगरले नेपाल टिपर तथा ट्रक व्यवसायी सं‌घसँग सहमति गरेको छ भने विभिन्न कन्स्ट्रक्सन कम्पनीहरूले महानगरलाई नि:शुल्क रुपमा फोहोर ढुवानी गर्न सहयोग गर्ने भएका छन् ।

हाल दैनिक रुपमा १८० वटा टिपरले फोहोर विसर्जन गर्दै आएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।