१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

गुणस्तरहीन खाना खाएर बिरामी परेका सबै ३२ जना छात्र/छात्राहरुको डिस्चार्ज

सेयर:

९ भाद्र, मेचीनर : काँकरभिट्टा मा.विको चमेना गृहमा खाना खाए पछि बिरामी भई मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएका सबै ३२ जना छात्र/छात्राहरुलाई अस्पतालले डिस्चार्ज गरेको काँकरभिट्टा माध्यमिक विद्यालयका शिक्षक एवम् प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले जानकारी दिनुभएको छ ।
सरकारले दिवा खाजा उपलब्ध गराएको र सो खाजा खाने व्यवस्था विद्यलयका कर्मचारी नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा गरिएको थियो । क्यान्टिनको खाना खाएका १९२ जाना विद्यार्थीहरु मध्ये ३२ जना विद्यार्थीहरुलाई पेट दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिएको थियो ।

विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिएपछि तुरुन्तै मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताउनु भयो । अहिले नानीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले अस्पतालबाट डिस्चार्ज गरी अभिभावकलाई जिम्मा लगाउने तयारी गरिएको वहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालयका इन्चार्ज एवम प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार क्यान्टिनको खानाको नमुना परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई हस्तान्तरण गरिएको छ भने क्यान्टिनका सञ्चलाक विष्टलाई अनुसंधानका लागि भनि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।