१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

महिला साफ : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

सेयर:

२८ भदौं, काठमाडौँ : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ । मंगलबार दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा भारत वंगलादेशसँग पराजित भएपछि सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो ।

यसअघिका पाँचवटै संस्करणको बिजेता भारतसँग सेमिफाइनलमै खेल्नुपर्ने भएपछि घरेलु मैदानमा उपाधी जित्ने नेपालको सम्भावना कठिन बनेको छ । यसअघिका चार फाइनल खेलेको नेपाल चारै पटक भारतसँग पराजित भएको थियो । नेपाल समूह ‘बी’ को बिजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।

खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन ।

सेमिफाइनलमा बंगलादेशले समूह बी को उपबिजेता भुटानको सामना गर्नेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।