१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

राप्रपा मेचीनगरका प्रभावशाली नेता रमेश दाहालले छाडे पार्टी

सेयर:

झापा, २७ असाेज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरका प्रभावशाली नेता रमेश दाहालले राप्रपा पार्टी छाडेका छन् ।
बाहुनडाँगी निवासी दाहाल राप्रपा प्रदेश नम्बर १ कमिटि सदस्य थिए । उनले आज (शुक्रवार) सामाजिक सञ्जालमार्फत राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

फेसबुकमा उनले आफूले आजबाट राप्रपासँगको मेरो आबद्धतालाई पूर्ण परित्याग गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पार्टीमा आबद्ध भएर क्रियाशील रहँदासम्म मलाई सहयोग पुर्याउनु हुने सबै नेता, कार्यकर्ता, शुभेच्छुकलाई हार्दिक धन्यवाद छ ।’

गत स्थानीय निर्वाचनमा राप्रपाबाट उनी मेचीनगर नगर प्रमुखका उम्मेद्वार बनेका थिए । पार्टी स्रोतका अनुसार आम निर्वाचनमा आफूभन्दा तल्लो तहका कार्यकर्तालाई क्षेत्रको टिकट दिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा झापा क्षेत्र नं १ मा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । दाहालको पार्टी परित्यागले चुनावी तालमेलमा ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।