१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

सेयर:

२६ कार्तिक, काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो ।

उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गर्‍यो ।

फाइनलमा आर्मीका लागि रोहित पौडेलले ४९ रन बनाए । जितेन्द्र मुखियाले नटआउट २४, सुशन भारीले १९, राजेश पुलामीले १६, कुशल मल्लले १६, हरि चौहानले १५ रन बनाए ।

एपीएफका लागि मौसम ढकाल र अमर रौटेलाले समान तीन तीन विकेट लिए । यस्तै किशोर महतोले २ विकेट लिए ।

१८० रनको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा पुरा गर्‍यो । यसका लागि भुवन कार्कीले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै सुमित महर्जनले ३४, प्रदीप ऐरीले, सन्दीप जोराले १७, र शरद भेशवाकरले नट आउट १६ रन बनाए । यस्तै आसिफ शेखले १४ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले दुई विकेट लिए । यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान एक एक विकेट लिए ।(नेपालप्रेसबाट)

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।