१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

विश्वकप फुटबलकाे भव्य उद्घाटन

सेयर:

४ कार्तिक : कतार विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारस्थित अल बायत स्टेडियममा आज साँझ कतारी संस्कृतिसहितको प्रस्तुती गरिँदै उद्घाटन गरिएको हो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गर्दै कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गरेका थिए ।

त्यसअघि, हलिवुडका कलाकार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यताबारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए ।

विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ ।
यो फुटबल विश्वकप पहिलो पटक मध्यपूर्वले आयोजना गरेको हो। कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् । आज पहिलो खेल आयोजक राष्ट्र कतार र इक्वेडरबीच हुनेछ । खेल नेपाली समयअनुसार ९:४५ बजे सुरू हुनेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।