१५ भदौ, मेचीनगर : तीनमहिनाअघि भारतको अग्रोहा धामबाट शुरु भएको श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० शुक्रबार नेपाल आइपुगेको छ । विश्वभरिका अग्रवालहरुकी कुलदेवीका रुपमा रहेकी महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० पाँच हजार वर्ष पुरानो अग्रसेन राज्यको राजधानी मानिएको भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको थियो । भारत र भूटान हुँदै उक्त रथयात्रा शुक्रबार नेपाल प्रवेश गरेको हो ।
महालक्ष्मीको प्रतिमासहित आएको रथयात्रालाई नेपाल भारतको सीमाको मेचीपुलबाट विभिन्न जातजातिका झाँकी, पञ्चेबाजासहित ठूलो संख्यामा उपस्थित सहभागीहरुले स्वागत गर्दै कार्यक्रम स्थल मेचीनगर— ६ काँकरभिट्टाको लक्ष्मीनारायण मन्दिर परिसरमा ल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, कोशी प्रदेश सभासदस्य गोपाल तामाङ, स्थानीय सरकार मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मीना पोखरेल उप्रेती, अग्रवाल समुदायसँग सम्बन्धित र थुप्रै धार्मिक संघ संगठनसहित स्थानीयवसाीले रथयात्राको स्वागत गर्दै कार्यक्रम स्थलसम्म ल्याएका थिए ।
लक्ष्मीनारायण मन्दिर परिसरमा अग्रवाल समाज मेचीनगरले आयोजना गरेको पूजन महा आरती एवम् समुदघाटन समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभाकी उपपसभामुख रानामगरले इच्छाशक्ति भए मानले जस्तोसुकै सेवा गर्न सक्ने बताउँनुभयो । ‘समाजसेवाका लागि मनग्य पैसा धन दौलत चाहिँन्र्दैन् ’उहाँले भन्नुभयो —‘सफा मन र तन भए काफी हुन्छ । ’ हिजो अग्रवाल समुदायका मानिसहरुसँग बढी हिमखिम गरेको स्मरण गराउँदै यहि समुदायका मानिसले आफुलाई किनिदिएको पेन्सील र खाताका कारण आफु आज यहाँसम्म पुग्न सफल भएको उहाँको भनाई थियो । प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको बताउँर्दै उहाँले मानवीय सेवाका लागि पैसा होइन भावना चाहिने स्पष्ट पार्नुभयो ।
मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मीना पोखरेल उप्रेतीले महालक्ष्मी उक नारीको प्रतिक भएकाले जहाँ नारीहरु पुजिन्छन्, त्यहाँ देवता खुसी हुने स्पष्ट पार्नुभयो । शास्त्रमा नारीको सम्मान गर्नुपर्छ भन्ने विषयमा विभिन्न उक्तिहरु पाईने भन्र्दै उहाँले जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । त्यहाँ देवताको बास हुन्छ । जहाँ नारीको सम्मान तथा पूजा हुँदैन त्यहाँ गरिएका समस्त राम्रा कामहरु पनि निस्फल हुने बताउँनुभयो । जुन कुलमा नारीले कष्टपूर्ण जीवन विताइरहेकी हुन्छिन्, त्यो कुलको पतन चाँडै निश्चित छ । जहाँ नारी खुशी हुन्छिन् त्यो कुल सदैव सफल हुनुका साथै समृद्ध हुने हुँदा यो रथयात्राले यो मुलक र मुलकबासीलाई समृद्धतर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशसभा सदस्य सांसद् गोपाल तामाङ, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष एवम् श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० संयोजक सुरेश बंशल, श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० नेपालका संयोजक विनोद अग्रवाललगायतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आ आफ्नो विचार राख्नुभएको थियो । श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० लाई नेपालमा स्वागत गर्दै मारवाडी महिला मञ्च धुलावारीबाट पिंकी, अनु, मीना, कमला, प्रीति, सरिता, सिमाले स्वागतसहित गीतिका प्रस्तुत गर्नुभएको थियो ।
मारवाडी महिला मञ्च काँकरभिट्टाबाट स्वागत गीत र रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले कार्यक्रमको अध्यक्ष्ता गर्दै शब्दद्वारा स्वागतसहित अग्रवालहरुको कुलदेवी आद्य महालक्ष्मीजीको जन आर्शिवाद लिने उद्देश्यले पितृभूिम भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योति सहित प्रारम्भ भएको स्पष्ट पार्नुभयो । आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरुबीच रथयात्राको आयोजना गरिएको संयोजक डालमियाले स्पष्ट पार्नुभयो । मारवाडी राष्ट्रिय परिषद केन्दीय सदस्य एवम् साहित्यकार पुनित बंशलले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई आशीरवाद प्रदान गरिएको थियो । रथयात्रामा भारतबाट एउटा विद्युतीय रथगाडीसँग चारजना रहेकाले स्थानीय अग्रवाल समुदायले नै आफ्नो क्षेत्रमा रथयात्रालाई अघि बढाउने कार्यक्रम रहेको छ । कार्यक्रममा उपसभामुख रानामगरलाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रममा मारवाडी समुदायले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
रथयात्रा शुक्रबार बिर्तामोड रात्री विश्राम गर्ने शनिबार झापाको सुरुंगा, दमक, मोरङको उर्लावारी, सुनसरीको इटहरी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको मारवाडी सेवा समिति काँकरभिटटाका संस्थापक अध्यक्ष रोशन अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा रात्रि विश्राम गरेर सोमबार जोगबनी हुँदै भारततिर प्रस्थान गर्नेे छ ।





























