क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता सुरु, मेची र दमकको विजयी सुरुवात

१५ भदौं, काँकरभिट्टा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस स्तरीय टि-१० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आज उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्यले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै वहाँले विद्यार्थीहरुको नेतृत्वदायी संस्था स्वतन्त्र विद्यार्थी युनियनले खेलकुदलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गर्नु प्रशंसनिय रहेको बताउनु भयो । ‘विद्यार्थी भाइबहिनीहरुलाई धेरै धेरै धन्यवादसहित अझ उन्नतीको कामना छ’, कार्यक्रममा बोल्दै वहाँले भन्नु भयो ।

क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोग गर्न छात्रवृत्ति (स्ववियु) कोष स्थापना गर्ने उद्देश्यका साथ स्ववियु काँकरभिट्टाले प्रतियोगिताको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, प्रादेशिक क्रिकेट संघ कोशी प्रदेश सदस्य सुरेश गुरागाई, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चोलानाथ दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस संचालक समिति सदस्य हरी तिम्सना, भगिरथ भण्डारी, रोटरी क्लब अफ काँकरभिट्टाका वार्ष २०२२/०२३ का अध्यक्ष सुजन प्रधान, पूर्व राष्ट्रिय खेलाडी सनी पुन, राष्ट्रिय खेलाडी अंकित सुवेदी, क्याम्पसका अन्य प्रतिनिधि, विद्यार्थी संगठनका विभिन्न तह र तप्काका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा मेची क्याम्पस भद्रपुर र दमक बहुमुखी क्याम्पस दमक विजयी भए । मेचीले निधि क्याम्पस बिर्तामोडलाई पराजित गर्यो भने दमकले वाल्मिकी लिनकोन बिर्तामोडलाई हराएको झापा जिल्ला क्रिकेट संघका सदस्य समेत रहेका स्ववियु सदस्य योगेन्द्र खड्का (बरदान)ले जानकारी दिए ।

खेल सुरु हुनु अघि तारापुञ्ज स्काउट दलका विद्यार्थीहरुले मैदानमा मार्चपास पनि प्रस्तुत गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसका सभापति विशाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत स्ववियु उपसभापति सन्दिप न्यौपानेले गरेका थिए भने प्रेनिजा ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आजबाट सुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.