काँकडभिट्टा बहुमुखी क्याम्पसकाे छैटाैँ क्याम्पसभा सम्पन्न

भानु पुस्तकालयकाे समुदघाटन

A notice in Nepali from Mechinagar Ward No. 10

१७ मंसिर, मेचीनगर: काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगरकाे छैटाैँ क्याम्पस सभा आईतवार सम्पन्न भएकाे छ ।

मेचीनगर- ६ काँकडभिट्टा बहुमुखी क्याम्पस परिसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापाकाे सभापतित्वमा सम्पन्न क्याम्पस सभाकाे प्रमुख अतिथि काेशी प्रदेशसभा सदस्य गाेपाल तामाङले छैटाैँ क्याम्पस सभाकाे विधिवत उद्घाटन गर्नुभयाे ।

साेहि अवसरमा प्रमुख अतिथि काेशी प्रदेशसभा सदस्य तामाङ, विशिष्ट अतिथिद्वय मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बढाथाेकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले संयुक्तरूपमा काँकडभिट्टा बहुमुखी क्याम्पसद्वरा सञ्चालित भानु पुस्तकालयकाे समुदघाटन गर्नुभयाे ।

प्रमुख अतिथि काेशी प्रदेश सभा सदस्य तामाङले शिक्षा र स्वास्थ्य आम नागरिककाे नैसर्गिक अधिकार भएकाले याे अधिकारबाट कसैलाई पनि बञ्चित गर्न नहुने स्पष्ट पार्नुभयाे । उहाँले काँकडभिट्टा क्याम्पसलाई गर्नुपर्ने साथ सहयाेगमा आफ्नाे व्यक्तिगत र काेशी प्रदेश सरकारकातर्फबाट कुनै कमि आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मेचीनगरका काँकडभिट्टा , धुलावारी र त्रिदेव क्याम्पस लाई गहनाकारूपमा लिनुपर्ने भन्दैँ उहाँले यसकाे उचाईले नै नगरपालिकाकाे पहिचान बनाउँने हुँदा यसतर्फ लाग्न सब‌ैलाई आग्रह गर्नुभयाे । नगरकाे पहिचान वा नगरलाई शिक्षाकारूपमा चिनाउन पनि यी क्याम्पसकाे उन्नति प्रगति र विकासमा लाग्नुपर्ने उहाँकाे भनाई थियाे ।

राष्ट्रिय आवास कम्पनिले सरकारी जग्गा स्थानीय सरकारलाई हस्तान्तरण नगरेर अन्याय गरेकाेमा राेष प्रकट गर्नुभयाे । यस विषयमा अब फाईनलरूपमा अघि बढ्न आग्रह गर्दैँ यसमा आफ्नाे साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

काेशी प्रदेश सरकारकाे बजेट ढिलै भए पनि , राम्राे आएकाे भन्दैँ उहाँले याे बजेटमा तीनवटा क्याम्पसलाई सम्बाेधन भएकाे जानकारी दिनुभयाे । तर, साेचे अनुसार बजेट दिन नसकिएकाे, विगतमा दिए सरह नै सम्बाेधन भएकाले आगामी दिनमा बृद्धि गर्न लाग्ने बताउनुभयाे । याे वर्ष नियमित स्राेतलाई बढाउने र पुस्तकालयलाई थप याेगदान र सहयाेग तथा थप बजेटमा पहल हुने विश्वास दिलाउनुभयाे ।

गाेपालचन्द्र बुढाथोकीले याे क्याम्पस मात्र भएर नगरकाे गहना भएकाे बताउनुभयाे । क्याम्पस सञ्चालनमा समस्या छन् उहाँले भन्नुभयाे ” सवै बसाै छलफल गराैँ समस्याकाे निकाश खाेजाैँ ।” स्थानीय सरकार नगरका सवै संघ संस्थाकाे अभिभावक भएकाे बताउनुभयाे । नगरकाे मुख्य आयश्राेत नै ठप्प भएकाले पनि नगरका शिक्षालगायत अन्य संघ संस्थालाई स्थानीय सरकारले सहयाेग गर्न चाहेर पनि नसकेकाे धारणा राख्नुभयाे ।

जग्गाकाे स्वामित्व क्याम्पसका नाममा ल्याउन सम्बन्धित क्षेत्रदेखि मन्त्रालयसम्म पुगेर छलफल चलाई रहेकाे र अहिले पनि निरन्तर छलफल चलाई रहेकाे नगर प्रमुख बुढाथोकीले स्पष्ट पार्नुभयाे । राष्ट्रिय आवसबीच नै समन्वय नहुँदा याे काममा ढिलाई भएकाे उहाँले स्पष्ट पार्नुभयाे ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएकाे उद्घाटन सत्रमा सहभागी सबैलाई क्याम्पस सञ्चालक सदस्य दुर्गाप्रसाद सापकाेटाले शब्दमार्फत स्वागत गर्नुभएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापाले क्याम्पसकाे विगत, वर्तमान र भावी गतिविधि समेटिएकाे बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

सामाजिक परीक्षण समितिका सदस्य खेमराज (राजु) पाेखरेलले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयाे । याे समितिकाे अन्तिम कार्याकाल र प्रतिवेदन हाे । गत आर्थिक वर्ष २०७९/०८० काे क्याम्पसकाे लेखा परीक्षककाे प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य भगिरथ भण्डारीले दिलीप सुब्बाले चालु आर्थिक बर्ष २०७०/०८१ काे क्याम्पसकाे बजेट तथा निती कार्यक्रम प्रस्तुत गर्नुभयाे । सञ्चालक सदस्य सुशील आचार्यले धन्यावाद ज्ञापनसहित कार्यक्रम समापन भएकाे घाेषणा गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.