कति दिन महिनावारी नहुनु सामान्य हो ?

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : कयौंपटक महिलालाई महिनाबारी समयभन्दा ढिला हुने गर्छ । जसको कारणले महिलाहरुको मनमा प्रश्न उठ्छ कि महिनावारी ढिला भइरहेको छ यो सामान्य हो वा कुनै विमारी ? आउनुहोस् यसबारेमा विशेषज्ञबाट जानौं–

महिला रोग विशेषज्ञका अनुसार महिनावारी ढिला हुनुका पछाडि केही कारणहरु हुन सक्छन् । जो कतिपय अवस्थामा गम्भीर पनि हुन सक्छन् । यस्तोमा लामो समय यस्तो समस्या भइरहेमा डाक्टरको सल्लाह लिनुहोस् ।

महिनावारी एकदमै ढिला हुनु सामान्य होइन । महिनावारी ढिला हुनुको पछाडि कैयौं गम्भीर कारणहरु पनि हुन सक्छन् । र कतिपय अवस्थामा भने यो सामान्य पनि हुन सक्छ । यस्तोमा एक वा दुई महिना यस्तो हुँदा डाक्टरको सल्लाह लिनुहोस् । साथमा महिनावारी साइकल ४० दिनसम्म नआउनु भनेको गम्भीर विषय हो ।

कतिपय महिलाहरुको तौल बढ्न थाल्छ । यस्तो स्थिािमा शरीरमा हर्मोन असन्तुलित हुने गर्छन् जसले गर्दा महिनावारी ढिला हुन सक्छ । यस्तोमा स्वस्थ खानपान अपनाउनुहोस् ।
महिलाहरुमा थाइराइड, रक्तचाप र मधुमेह जस्ता विमारीको कारणले पनि हर्मोनल परिवर्तन हुँदा महिनावारी ढिला हुने समस्या हुन सक्छ ।

कतिपय अवस्थामा गर्भनिरोधक औषधीहरुको कारणले पनि महिलाहरुमा महिनावारी ढिला हुने हुन्छ । साथमा यस्ता औषधी खान छोडेपछि पनि करीब ६ महिना जति लाग्छ महिनावारी सामान्य अवस्थामा आउन । यस्तोमा गर्भनिरोधक औषधीहरु सीमित मात्रामा खानुहोस् ।

कहिलेकाँही महिलाहरुको तौल कम हुँदै जाँदा पनि महिनावारी सम्बन्धी समस्या देखिन्छ । तौल घट्दा खानपानको असन्तुलन तथा शरीरमा भिटामिनहरुको कमी पनि हुन सक्छ जसले गर्दा महिनावारी समयमा हुँदैन । यस्तोमा स्वस्थ खानपान अपनाउनुहोस् ।

भागदौडपूर्ण जीवनशैलीले धेरै महिलाहरु अहिले चिन्तामा हुन्छन् जसले गर्दा तनाव लिने गर्छन् । यस्तोमा तनावको असर महिलाहरुको महिनावारी साइकलमा पर्दछ । जसले गर्दा महिनावारी नहुने ढिला हुने जस्तो समस्याहरु देखिन्छ ।

साभार : नेपाललाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.