आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

१३ असार, काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.