खुल्ला सडक दौड प्रतियोगिता २०८१ को उपाधि मोरङका याङदेवले जिते

२२ भदौ, मेचीनगरः मोरङका याङदेव राईले झापाको मेचीनगरमा शनिबार सम्पन्न खुल्ला सडक दौड प्रतियोगिता २०८१ को उपाधि जितेका छन् ।

नेकपा एमाले —१५ नम्बर वडा कमिटीले आयोजना गरेको मेचीनगर —१५ को निलकोठीदेखि धुलावारी क्याम्पससम्मको छ किलो मिटरको दुरी राईले २३ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए । जितसँगै राईले नगद पाँच हजार रुपैयाँ र प्रमाण पत्र हात पारे ।

सात महिलासहित कुल ५३ जना धावक सहभागी दौड प्रतियोगितामा २४ मिनेट ४४ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै मेचीनगर —१५ का बाबुराम हेमरमले दोस्रो स्थान सुरक्षित पादैं नगद चार हजार रुपैयाँसहित प्रमाण पत्र जिते । यसैगरी तेस्रो पुरस्कार नगद तीनहजार रुपैयाँ र प्रमाण पत्र मेचीनगर —१५ कै सानिराम हेमरमले प्राप्त गरे । हेमरमले २५ मिनेट ५० सेकेण्डमा दुरी पार गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोसहति अन्य सातजनालाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर —१५ का अमन चौधरीले २६ मिनेट , मेचीनगर —४ का अर्जुन बस्नेतले २६ मिनेट पाँच सेकेण्ड, मेचीनगर —१५ का गोविन्द राना मगरले २६ मिनेट ३१ सेकेण्ड, मेचीनगर —१५ का सुरेन मुर्मुले २६ मिनेट ५८ सेकण्ड, मेचीनगर —१५ का सुसान्त वस्नेतले २८ मिनेट ३ सेकेण्ड, मेचीनगर —४ का उदय विश्वकर्माले २८ मिनेट ३१ सेकेण्ड र मेचीनगर —१५ का निरज यादवले २९ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै सान्तवना स्वरुप नगद पाँच सय रुपैयाँसहित प्रमाण पत्र हात पारेका थिए ।

उता महिलातर्फ संगीता हेमरम, रेजिना हेमरम, रत्ना महला क्रमस पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमस नगद पाँच हजार, चार हजार तीन हजारसहित प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिताका विजयी सवैलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, पार्टीका कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण कनाल, जिल्ला कमिटी सदस्य कुस्मीकुमारी चौधरी, नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु कार्की, उपाध्यक्ष कञ्चनकुमार तामाङ, सचिव सागर ओली, अखिल नेपाल महिला संघ मेचीनगर अध्यक्ष हेमा सिटौलालगायतले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका १५ नम्बर वडा कमिटी अध्यक्ष चेतन विष्टले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.