१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

काठमाडौं-नारायणघाट दिउँसो मात्रै बस चल्ने, अग्रिम टिकट अवस्था हेरेर काटिने

सेयर:

१५ असोज, काठमाडौँ : अब काठमाडौंबाट नारायणघाट जाने बस उज्यालोमा मात्रै हिँड्न पाउने भएका छन् । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा उज्यालोमा मात्रै यात्रा गर्ने सहमति भएको हो । दसैंका लागि खुलेको अग्रिम टिकट भने अवस्था हेरेर मात्र काटिने भएको छ ।

यसभन्दा पहिले काटिएको टिकटका यात्रुलाई भने पहिले प्राथमिकता दिइने भएको छ । त्यस्तै, पहिरो आइ वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्न निर्णय भएको छ ।

देशभरीको विपद सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सम्प्रेषण गर्ने भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।