१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु

सेयर:

१० मंसिर, मेचीनगर: लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि गरिएकाे छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ ।

“हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता ” भन्ने राष्ट्रिय नारासहित मेचीनगर नगरपालिकाकाे महिला बालबालिका तथा समाज कल्याण शाखाले काँकडभिट्टामा प्रभात फेरि र संक्षिप्त काेणसभाकाे आयाेजना गरेकाे थियाे ।

ईलाका प्रहरी कार्यालय परपसरबाट “बालबालिकालाई शिक्षामा जाेड दिऊँ”, “घर शान्ति नै विश्व शान्तिकाे आधार, दिगाे विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्राे प्रतिवद्धता, हाम्राे समाज” “हाम्राे आधार सुरक्षित, हाम्राे भविष्य उज्जवल”, “तिमी मेराे सम्मान गर, म तिम्राे अधिकार सुनिश्चित गर्दछु” , हिंसाकाे विराेध गराै, समानताकाे पक्षमा उभिओैँ” लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित विहान शुरू भएकाे र्यालीले बाहुनडाँगी राेड, पुरानाे सुपारी लाईन, गुरास पथ, वडा कार्यालय राेड, बसपार्क , मुख्य राजमार्गलगायत काँकडभिट्टा बजारकाे मुख्य: मुख्य: स्थानकाे परिक्रमा गरि पञ्चमुखी हनुमान मन्दिर र लक्ष्मी नारायण मन्दिर परिसरमा पुगेर संक्षिप्त काेण सभामा परिणत भएकाे थियाे ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीकाे प्रमुख आतिथ्यता र उपप्रमुख मीना पाेख्रेल उप्रेतीकाे अध्यक्षतामा भएकाे संक्षिप्त काेणसभालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, महिला जनचेतना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष महिला अधिकारकर्मी राधा प्रधानलगायतले सम्बाेधन गर्नुभयाे ।

सन् १९६० मा डेमिनिकन गणतन्त्रका एउटै परिवारका तीनजना दिदीबहिनीकाे त्यहाँकाे तानाशाही सरकारले हत्या गरेकाे सन्दर्भसँग याे अभियान जाेडीएकाे वक्ताहरूकाे भनाई थियाे ।

सन् १९९९ मा डाेमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नाेभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरूद्धकाे दिवसका रूपमा मनाउन राखेकाे प्रस्तावलाई राष्ट्र संघले स्वीकार गर्दैँ डिसेम्बर १७ मा पारित भएकाे उपप्रमुख उप्रेतीले जानकारी गराउनु भएकाे थियाे ।

नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरूद्ध विविध सचेतनामूलक कार्यक्रम गरि अभियान मनाउन शुरू गरिएकाे हाे ।

भारत, श्रीलंका जापानलगायत विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरूद्धकाे छुट्टै विशेष कानून बनेकाे छ । तर, नेपालमा कानून बने पनि मजवुतरूपमा कार्यान्वयन नहुँदा यस्ता घटनामा वृद्धि भईरहेका छन् ।

कानून कार्यान्वयनकाे पक्ष जति मजवुत र दर्हाे हुनुपर्ने हाे , कमजाेर र फितलाे हुँदा याे समस्या ज्यूँ का त्यूँ छ महिला हिंसा राेक्नलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरू चलिरहेका छन् । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ जारी भए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेकाे छैन् ।

अन्य राष्ट्रकाे तुलनामा नेपालका महिला कुनै न कुनै विषयमा घरेलु हिंसामा पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले जारी गरेकाे एउटा प्रतिवेदनलाई आधार मान्ने हाे भने,नेपालमामात्र ८० प्रतिशत महिला घरेलु हिंसाका सिकार भएका छन् ।

महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेकाे कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, महिला अधिकारका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाली सेना, नपाल स्काउट, एनसीसी दल, सञ्चारकर्मी , रेडक्रस, राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायत ठुलाे संख्यामा सर्वसाधारणकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा महिलामाथि हुने सवै खाले हिंसा राेक्न प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत भएकाे छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।