प्रधानमन्त्री ओली समक्ष बुझायो मेचीनगरले ३१ बुँदे योजना तथा कार्यक्रमको अनुरोध पत्र

प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको प्रतिक्रिया

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर, बाहुनडाँगी : मेचीनगर नगरपालिकाले नगरभित्रका विभिन्न योजना तथा कार्यक्रम समावेश गरीदिन आग्रह गदैं प्रधामन्त्री केपी शर्मा ओलीलाई अनुरोध पत्र हस्तान्तरण गरेको छ । सडक, पुल, बसपार्क, खेलमैदान, भवन र अन्य कार्यक्रमसहित ३१ बुँदे योजना तथा कार्यक्रम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त अनुरोध पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली २३ र २४ गते झापाका अलग अलग स्थानमा हुने कार्यक्रममा सहभागी हुन झापा आएका बखत आइतबार झापाको मेचीनगर—४ स्थित आमडाँगीमा भएको एउटा कार्यक्रममा उक्त अनुरोध पत्र हस्तान्तरण गरिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठवटा सडक, नौवटा पुल, बसपार्क, खेलमैदान र भवन क्रमस एक÷एक र एघारवटा अन्य कार्यक्रम अनुरोध पत्रमा समेटिएको छ । नगरकै गौरवको योजनाको रुपमा रहेको मेचीनगर—८ मा निर्माण गरिएको महिला सीप विकास केन्द्र सञ्चालनका लागि विशेष योजना सरकारसँग माग गरिएको छ । यसैगरी, मेचीनगर नगरपालिकाक्षेत्रभित्र सुविधा सम्पन्न रंगशाला र अन्तर्राष्ट्रिय सिमानामा रहेको नेपालको पूर्वीद्वार मेचीनगर—६ काँकरभिट्टामा रहेको काँकरभिट्टामा रहेको बसपार्कलाई टर्मिनल भवन सहितको सुबिधा सम्पन्न बसपार्क निर्माणको आग्रहसहित अनुरोध पत्रमा लेखिएको छ ।

उपप्रमुख उप्रेतीका अनुसार मेचीनगर २ र ३ मा भावना चोक र भृकुटी जोड्ने निन्दा खोलमा, मेचीनगर १५ मा पर्ने चौधरी चोक हेल्दुबारी जोड्ने निन्दा खोलामा पुल, निर्माणधिन सुकेनिन्दा खोलामा पुलको निरन्तरता, ‐मेचीनगर—१ को तिरिङ्ग खोलामा पुल, कालिका सामुदायिक वनबाट मेचीनगर वडा नम्बर ११ जानेबाटो) हडिया खोला पुल, मेचीनगर —११, बाहुडाँगी बजारबाट भारत नक्शलवाडी बजार जाने बाटोमा पर्ने मेचीनदीमा झोलुङ्गे पुल, मदन भण्डारी मार्गको पूर्वी प्रारमभ विन्दु पाटापुर र भारतको पश्चिम बंगाल जोड्ने मेची नदीमा झोलुङ्गे पुल,मेचीनगर १५ को ग्वालाबस्ती सम्म पुग्न मेची नदीमा झोलुङ्गे पुल, महल्याचोकबाट पश्चिम मेचीनगर वडा नम्बर ३ वडा कार्यालयसम्म जाने निन्दा खोलामा नदीमा झोलुङ्गे पुल निर्माणका लागि योजना तथा कार्यक्रम समावेश गराईदिन समेत प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अनुरोध गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी, सडकतर्फ संघीय निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक राधास्वामी भावना चोक, स्याङ्गलेटार, इलाम जोड्ने सडकको निरन्तरता,मेची करिडोर ‐काँकरभिट्टा, बाहुनडाँगी सलकपुर) को निरन्तरता, मेचीनग। रिङ्गरोड सडक, बुद्धशान्ति गाउँपालिकाबाट लवनडाँगी, धाइजन, दुहागढी र पुहातुवारी, जोडेने करीव १२ किलो मिटर सडक, हात्ती रिसोर्टबाट मानव सेवा आश्रम हुँदैं उत्तर जाने सडक, तेलीबारी ,मैनाली वाडी सडक, सघन शहरीको कार्यक्रम अन्तर्गत विभिन्न सडकहरुको निर्माण, मेचीनगर वडा नमबर ५, ६ र ८ हुँदैं मेचीनगर २ जोड्ने सुवर्णमार्ग समेत समावेश गरिदिन उक्त अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाले राष्ट्रिय आवास कम्पनिले मेचीनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सार्वजनिक जग्गा तत्काल पालिकालाई हस्तान्तरण गर्नका सरकारले पहल गरिदिन समेत सरकार समक्ष आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश पारवहन मार्फत व्यापार कार्यको थालनी, भारततर्फ पश्चिम बंगालको रानीगञ्जस्थित पानीट्याँकीमा प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि पहल गरिदिन स्थानीय सरकारले संघीय सरकारसँग आग्रह गरेको छ । अहिले सीमावर्ती भारतको पानीट्याँकीमा क्वारेन्टाईन नहुँदा नेपाली व्यवसायीहरु नमूना परीक्षणका लागि कलकत्तासम्म पुग्नु पर्ने अवस्था रहेको र यसका कारण उनीहरुले अनावश्यक झण्झट बेहोर्नुपर्ने तथा कृषिजन्य वस्तु विग्रिने गरेको उपप्रमुख उप्रेतीको भनाई छ ।

जंगली हात्तीको नियन्त्रण तथा नदी कटान नियन्त्रणका लागि सीमा मेची नदीमा बहुउद्धेश्यीय कार्यक्रम, निन्दा नदीलाई जनतको तटबन्धन, मेचीनगरको गौरबको सिचाईँ आयाजना सिद्धि नहरको स्तोरन्नती तथा कर्मचारी व्यवस्थापन, कृष्णथुम्की पर्यटकीय स्थलमा चारधाम निर्माण, मेचीनगर ११ मा बहुआयमिक संग्रहालयको सञ्चालन ब्यबस्थापन, मेचीनगर क्षेत्रमा टेलिकमको व्यवस्थित टावर स्थपना, नेपाल प्रवेशको पहिलोद्वारमा शान्तिका अग्रदुत गौतम बुद्धको मुर्तिसहित स्वागतद्वारको निर्माण र नेपाल चिया विकास निगम अन्तर्गत टोकला चिया कमानले भोग गरिरहेका जग्गा नापी गराईदिन समेत सम्बन्धित मन्त्रालयमा पहल कदमीका लागि समेत संघीय सरकारसँग अनुरोध गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

अनुरोध पत्रलाई सकरात्मक लिदैं प्रधानमन्त्री ओलीले प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिक्रिया दिएको नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.