मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

३ फागुन, काँकरभिट्टा : मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ ।

शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा गोल्डकपको लोगो सार्वजनिक भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, पूर्व प्रदेश सांसद एवम् गोल्डकप मुल आयोजक समिति संयोजक श्रीप्रसाद मैनाली, गोल्डकप आर्थिक समिति संयोजक विमल आचार्यलगायतका अतिथिले लोगो तथा गोल्डकपको ब्यानर सार्वजनिक गरेका थिए ।

लोगोमा हात्तिको मस्कट प्रयोग गरिएको छ । मस्कटको निलो पृष्ठभूमिमा मेचीनगरको भुगोल समेटिएको छ भने छेउमा चन्द्र सूूर्यको नक्सा समावेश छ ।

सोअवसरमा बोल्दै जिल्ला फुटबल संघ अध्यक्ष आलेले छोटो समयका बीच आयोजित गोल्डकप सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताए ।

मुल आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले आजीवन सदस्य, संस्थापक सदस्यमार्फत आर्थिक सहयोग संकलनको कार्य अघि बढाइएको बताए ।

आजीवन सदस्य बन्न १० हजार रुपैयाँ बुझाउनु पर्ने आयोजकले बताएको छ । जसको लागि २ सय ५० बढीले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ ।

गोल्डकपमा सहभागी टिमको सन्दर्भमा चर्ज ब्वाइज काठमाण्डौं र एनआरटी, मोरङ, भुटान, सिक्किम लगायतका टिमसँग सहभागिताको विषयमा समन्वय भइरहेको आयोजकले बताएको छ ।

गुरुङका अनुसार पूर्व राष्ट्रिय खेलाडी मीन बस्नेत संयोजक, झापा जिल्ला फुटबल संघ अध्यक्ष आले र महासचिव शेरबहादुर बस्नेत सुन्दर सदस्य रहेको तीन सदस्यीय टिम व्यवस्थापन समिति निर्माण गरिएको छ । गोल्डकप सम्पन्न गर्न अन्य उपसमितिहरु तय गरिएको छ ।

सोअवसरमा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, मुल आयोजक समिति संयोजक मैनाली, सह-संयोजक आचार्यलगायतले गोल्डकप उल्लासका साथ सम्पन्न हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरे ।

कुल ८० लाख नगद खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमार्फत नगद १५ लाख एवम् सह-प्रायोजकमार्फत नगद ३ लाख प्राप्त हुने सोअवसरमा जानकारी दिइयो ।

गोल्डकपको संरक्षक रहेको मेचीनगर नगरपालिकाले नगद २५ लाख उपलब्ध गराउने छ ।

ट्रेनिङ सेन्टरले आयोजना गरेको गोल्डकप फागुन २१ देखि २८ गतेसम्म काँकरभिट्टा खेलमैदानमा संचालन हुँदैछ ।

नगर प्रमुख बुढाथोकीको प्रमुख आतिथ्यता एवम् गोल्डकप मुल आयोजक समिति संयोजक मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली तथा संचालन मुल आयोजक समिति सचिव राजु कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.