१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

पाँचौं मेचीनगर गोल्डकप : उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र जर्जियन एफसी भिड्ने

सेयर:

२२ फागुन, मेचीनगर :झापाको काँकरभिट्टामा आयोजना हुने पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसी भिड्नेछन्। आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन (फागुन २५) ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ले एनएसएल टिम झापा एफसी को सामना गर्नेछ। तेस्रो क्वार्टरफाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र धरान फुटबल क्लब बीच हुनेछ। अन्तिम क्वार्टरफाइनल खेल फागुन २७ गते एपिएफ एफसी र मछिन्द्र फुटबल क्लब बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ८ वटा टिम सहभागी हुनेछन्, जसमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा एफसी, शसस्त्र प्रहरीको एपिएफ एफसी, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, साथै दुई विदेशी टिम उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भारतको जर्जियन एफसी रहेका छन्। प्रतियोगिता काँकरभिट्टा माविको खेल मैदान मा सञ्चालन हुनेछ।

प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। विजेता टोलीले नगद १० लाख रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ, ट्रफी, र मेडल हात पार्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लाई नगद ५१ हजार तथा ट्रफी प्रदान गरिनेछ। त्यस्तै, सबैभन्दा बढी गोल गर्ने खेलाडी ले नगद २५ हजार र ट्रफी पाउनेछन्। उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकिपरले समान २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् भने उदीयमान खेलाडी लाई ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याच लाई नगद ११ हजार रुपैयाँ र ट्रफी दिइनेछ।

प्रतियोगिताको मुख्य संरक्षक मेचीनगर नगरपालिका रहेको छ भने मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको आयोजक क्लबका अध्यक्ष नवराज ओलीले जानकारी दिएका छन्। प्रतियोगिता फुटबल खेलाडीहरूलाई प्रोत्साहित गर्न, स्थानीय खेल क्षेत्रको विकास गर्न तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न आयोजना गरिएको हो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।