निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने ६ जना युवालाई मेचीनगरको सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

७ चैत, मेचीनगर  – २०८० सालको एसइई पुरक परीक्षामा संलग्न विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने झापा मेचीनगरपालिकाका ६ जना युवालाई बिहीबार नगरपालिकाले उनीहरुको कामको कदर गरेको छ ।
मेचीनगरका विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेर विद्यार्थीको भविष्यलाई उज्जवल बनाउ उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दैं नगरपालिकाले रोमन बिक्रम कार्की, आभिष्कार नेपाल, आशिष शिवा, युवराज सिग्देल, बिबेक गौतम र थेसिस रुचाललाई कदर पत्र प्रदान गरेको छ ।
नगरपािलकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी नगर उपप्रमुख मीना पोख्रेल उप्रेती, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की कार्यपालिका सदस्य चित्रकुमार धिमाललगायतले संयुक्तरुपमा कदर पत्र प्रदान गरेका थिए ।
सहजकर्ता–शिक्षकहरु रोमन बिक्रम कार्कीले विज्ञान र गणित, आभिष्कार नेपालले गणित, आशिष शिवाले अर्थशास्त्र र लेखा, युवराज सिग्देलले गणित, बिवेक गौतम गणित र थेसिस रुचालले सामाजिक विषय अध्यापन गराएका थिए ।
मेचीनगर–२ स्थित ओसिनिक निर्माण बोर्डिङ्ग स्कुल, मेचीनगर–२ स्थित भानु माध्यमिक विद्यालय, मेचीनगर–३ स्थित मेची जनसाधारण माध्यमिक विद्यालय र मेचीनगर–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन गरिएको थियो । मेचीनगर नगरपालिको वडा नं.१,२,३ र ४ अथवा साविकको बाहुण्डाँगीका सरकारी र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क कक्षा सञ्चालन गरिएको थियो ।
अतिरिक्त कक्षामा विशेष गरि विज्ञान र गणित विषयलाई प्राथमिकतामा राखेर परीक्षाको दिनसम्म अध्यापन गराइएको थियो । अतिरिक्त कक्षामा सहभागी विद्यार्थीले उत्कृष्ट जिपीए ल्याएर उत्तीर्ण भएसँगै अभियानले सार्थकता पाएको थियो । उक्त अतिरिक्त कक्षामा सहभागी ९५% विद्यार्थी पूरक परीक्षामा उत्तीर्ण भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.