९ भदौ, मेचीनगर : चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो महिनामै पूर्वकै ठूलो मेची भन्सार कार्यालय काँकरभिट्टालाई राजस्व संकलनमा धक्का लागेको छ । पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संवत २०१३ सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्य भन्सार कार्यालयहरु विरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगन्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ ,यो कार्यालय ।
कार्यालयले चालु आवको पहिलो महिना साउनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन । चालु आर्थिक वर्षको पहिलो महिनामै कार्यालय लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । यो वर्ष नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।
कार्यालयको लक्ष्य अनुसार एक महिनामा डेढ अर्बभन्दा बढि रूपैयाँ राजस्व संकलन गनुपर्छ तर पहिलो महिना साउनमा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ वा ९० दशमलव ३२ प्रतिशतमात्र राजस्व संकलन भएको छ । चालु आवको पहिलो साउन महिनामा एक अर्ब ४० करोड ७५ लाख दुई हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो ।
गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने सात दशमलव ७४ प्रतिशत बढि राजस्व संकलन भएको कार्यालयले जनाएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको हो । गत आर्थिक वर्षमा पनि यस कार्यालयले राजस्व संकलनमा लक्ष्य पुरा गर्न सकेको थिएन । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१—८२ को एकवर्षे अवधिमा ९१ दशमलव ८६ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो । वितेका अघिल्ला छ वटा आर्थिक वर्षको राजस्व संकलन समेत चित्त बुझ्दो छैन् । आर्थिक वर्ष २०७७—७८ र २०७८—७९ बाहेक चार वटा आर्थिक वर्ष कार्यालय लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । आर्थिक वर्ष २०७७—७८ मा एकसय आठ दशमलव शुन्य तीन र २०७८—७९ मा एकसय ११ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । त्यसपछिदेखि ओरालो लागेको राजस्व संकलन अझै पुरानो लयमा फर्किन सकेको छैन ।
आर्थिक वर्ष २०७६ —७७ मा ६३ दशमलव ५८ प्रतिशत,२०७९—८० मा ७० दशमलव १५ प्रतिशत, २०८०—८१ मा ७८ दशमलव ४० प्रतिशत र २०८१—८२ मा ९१ दशमलव ८६ प्रतिशतमात्र राजस्व संकलन भएको छ । यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ । गत वर्ष राजस्वको लक्ष्य पुरा नगरेको कार्यालयले यो वर्ष पनि त्यसकै निरन्तरता हुने संकेत देखिएको छ ।’ राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि पहिलो महिनामै राजस्वमा धक्का लाग्नुले नकरात्मक सन्देश जाने बताइएको छ ।
पहिलो महिनामै राजस्वमा धक्का मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर हो’ एकजना सरकारी अधिकारीले बताए । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको उनीहरुको भनाई छ । गत वर्ष राजस्वको लक्ष्य पुरा नगरेको कार्यालयले यो वर्ष पनि त्यसकै निरन्तरता हुने संकेत देखिएको छ ।’ राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि पहिलो महिनामै राजस्वमा धक्का लाग्नुले नकरात्मक सन्देश जाने बताइएको छ । पहिलो महिनामै राजस्वमा धक्का मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर हो’ एकजना सरकारी अधिकारीले बताए । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको उनीहरुको भनाई छ ।
भारतको पश्चिम बंगाल र विहार प्रान्तसँग सिमाना जोडिएको यस भन्सार कार्यालयको मूल भन्सार काकरभिट्टामा र मातहतमा ६ वटा छोटी भन्सार कार्यालयहरु रहेको छ । यस भन्सार कार्यालय भारतको पश्चिम बंगाल राज्यमा अवस्थित पानीटंकी ल्याण्ड कस्टम्ससँग जोडिएको छ । यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ ।
