१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरमा तीनदिने रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव हुने

सेयर:

९ माघ मेचीनगर : झापाको मेचीनगरमा तीनदिने रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव २०८२ हुने भएको छ ।
दोस्रो संस्करणका रूपमा आगामी माघ १५ देखि १७ गतेसम्म मेचीनगर १० नन्दा करिडोरमा महोत्सव सञ्चालन हुने आज आयोजक नन्दा करिडोर प्रवद्र्धन केन्दले जनाएको छ । पहिलो महोत्सव निक्कै प्रभावकारी भएकाले दोस्रो संस्करणको परिकल्पना गरिएको हो ।
प्राचीन वस्तुहरूको खुल्ला प्रदर्शनी , खुल्ला चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्व सम्बन्धि प्यानल छलफल, रैथाने खाना पाक प्रतियोगिता विभिन्न सांस्कृतिक नृत्य झाँकी प्रदर्शन र खुल्ला बुद्धिचाल प्रतियोगिता महोत्सवका मुख्य आकर्षणहरू रहेको पत्रकार सम्मेलनमा बताईयो ।
करीब चार लाख रूपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्नका लागि एक लाख ३३ हजार रूपैयाँ पर्यटन कार्यालय काँकडभिट्टासँग सम्झौता भएको र दुई लाख रूपैयाँ मेचीनगर नगरपालिकासँग माग गरिएको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार गाउँघरमा पाईने रैथाने खाद्यान्न शहर बजारका सुविधा सम्पन्न ठुला र पाँचतारे होटलमा पुर्याउन पनि महोत्सव आयोजना गर्न लागिएको हो ।

कुल १० वटा स्टल रहने, सवै स्टल निःशुल्क रूपमा आयोजकले व्यवसायीलाई उपलब्ध गराउने छ । चारवटा स्टल विभिन्न जातजातिका रैथाने खानाका परिकार र बाकी स्टल अन्य प्रकारका हुनेछन् । स्टलहरू रैथाने परिकार तथा सामान विक्रीका हुने सचिव निर्मल दाहालले जानकारी दिए ।
रैथाने खानामा कोदोको केक, कोदोको ब्रेड,कोदोको सुप, कोदो र चामलको सेल रोटी, कोदोको ढिँडो, टमाटरको अचार र फापरको पकौडा स्टलमा रहने छन् । ट्राभल मञ्च झापा, नेपालका उपाध्यक्ष निरज श्रेष्ठका अनुसार महोत्सवमा किसान समुदायको परिकारहरू, झिँगे माछा फ्राई, गंगटा फ्राई, घुँगी झोल हालेको, पैँया माछा फ्राईसहित किसान समुदायको परम्परागत र आफ्नो पहिचान झल्किने सामुहिक नृत्य प्रदर्शन हुने छ ।

नेवार समुदायको परिकार यमरी चामलको पिठो, बारा कालो दालको रोटी, चटामरी चामलको रोटी, छोइला राँगाको मासु, नेवारी खाजा सेटसहित नेवारी सांस्कृतिक कार्यक्रममा चर्या, कुमारी बज्र योगिनी मञ्जु श्री नृत्य, लाखे, धिमे तथा नेवारी सांस्कृतिक नृत्य समेत हुने उपाध्यक्ष श्रेष्ठले बताए ।

राई समुदायको वाचीपा कुखुराको मासु र भात, कोदोको जाँड,फिलुङ्गेको अचार, कोदोको ढिँडो र चण्डी नाच प्रस्तुत हुने छ । मेचे समुदायको परिकारहरू योङ खारइ चामलको पिठो र मासु, बिथै व्यख्रै रक्तिको परिकार, लाफा फेल्खा सागको परिकार, नाफनम लादु माछाको धुलो अच्चार, थाछो बाठन कच्छुको अचार, पैस्था बाठन बेलचनको अचार र मेचेको सांस्कृतिक बागुरूम्बा,बारद, सिख्ला, बैसागु नृत्यहरू महोत्सवमा प्रदर्शन हुने छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर –१० वडा अध्यक्ष नारायण खनाल, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले पत्रकारहरूको जिज्ञासाको जवाफ दिएका थिए । आयोजक संस्थाका अध्यक्ष खड्काले पत्रकार सम्मेलनको सभापतित्व गर्दैं महोत्सवको आवश्यकता र ओैचित्यमाथि प्रकाश पारेका थिए । पत्रकार सम्मेलनको सञ्चालन सचिव निर्मल दाहालले गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।