१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

झापा-१ अपडेट: सर्वदलीय बैठक सम्पन्न, भोलि बिहान ८ बजेदेखि मतगणना सुरु हुने

सेयर:

झापा। झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सफलतापूर्वक सम्पन्न भएको छ। आज साँझ बसेको सर्वदलीय बैठकले भोलि २२ फागुन बिहान ८:०० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ।

सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन गरी गणना स्थलमा सुरक्षित राखिएको छ। यस क्षेत्रमा ६३.९५ प्रतिशत मतदान भएको छ। यसपटक झापा-१ मा ठूला दलका नयाँ अनुहारदेखि स्वतन्त्र उम्मेदवारहरूसम्मको भिड छ।

झापा-१ का मुख्य उम्मेदवारहरू:

  • केशवराज पाण्डे: नेपाली कांग्रेस
  • रामचन्द्र उप्रेती: नेकपा (एमाले)
  • हेमराज कार्की: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
  • निशा डाँगी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
  • अषेश घिमिरे: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
  • रामा मेचे: जनता समाजवादी पार्टी-नेपाल

यसका साथै केवलराम राई (श्रम संस्कृति पार्टी), नरेश कुमार लावती (उज्यालो नेपाल), गणेश कुमार खरेल (स्वतन्त्र) लगायतका १५ जना उम्मेदवारहरू चुनावी मैदानमा हुनुहुन्छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।