नेपाललाई जर्मनीको साढे ३ करोड युरोभन्दा बढीको सहयोग, ऊर्जा र दिगो आर्थिक विकासमा खर्च गरिने

काठमाडौँ । जर्मनीले नेपालसँगको लामो समयदेखिको विकास साझेदारीलाई अझ सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यसै सिलसिलामा जर्मनीले आगामी दुई वर्षका लागि नेपाललाई ३ करोड ७६ लाख युरो (करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ) बराबरको प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

काठमाडौँस्थित जर्मन राजदूतावासका अनुसार मङ्गलवार सम्पन्न ‘नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्ता’ का क्रममा उक्त सहायता रकम उपलब्ध गराउने औपचारिक निर्णय भएको हो। दुवै देशबिच आगामी दिनमा ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई सहकार्यको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने ऐतिहासिक सहमतिसमेत भएको छ।

नेपाल र जर्मन प्रतिनिधिमण्डलको नेतृत्व
द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गर्नुभएको थियो। त्यसैगरी, जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय (BMZ) को दक्षिण एसिया महाशाखा प्रमुख बार्बरा शेफरले गर्नुभएको राजदूतावासले जनाएको छ。

कुन-कुन क्षेत्रमा हुनेछ रकम उपयोग?
जर्मनीले उपलब्ध गराउने यो नयाँ सहायता रकम नेपालको विकासका बहुआयामिक र महत्त्वपूर्ण क्षेत्रहरूमा परिचालन गरिनेछ। जसअन्तर्गत:

  • नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवर्द्धन,
  • विद्युत् वितरण प्रणालीको सुदृढीकरण र आधुनिकीकरण,
  • हरित तथा उत्थानशील कृषि विकास,
  • आन्तरिक राजस्व क्षेत्रको व्यापक सुधार,
  • गुणस्तरीय पूर्वाधार निर्माण, लैङ्गिक समानता र वित्तीय पहुँच विस्तार,
  • दिगो आर्थिक विकासका कार्यक्रमहरूमा यो रकम उपयोग गरिने मन्त्रालयले जनाएको छ।

जर्मनीको यो निरन्तर सहयोगले नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन र जलवायु परिवर्तनका चुनौतीसँग लड्दै हरित अर्थतन्त्र निर्माण गर्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.