भोटेकोशीका बाढीपीडितलाई यासश्री फाउन्डेशन दार्जिलिङको तीनलाख २० हजार आर्थिक सहयोग

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती

२६ असोज, भद्रपुर : नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजनीतिक र आर्थिक पक्षसम्म सीमित छैन, यो सम्बन्ध सामाजिक, सांस्कृतिक र पारिवारिक तहसम्म गहिरो रहेको छ । यस्ता गहिरा सम्बन्धहरूलाई नै जनस्तरमा ‘रोटी बेटीको सम्बन्ध’ भनेर अभिव्यक्त गरिन्छ ।

नेपाल र भारतको सम्बन्ध सामान्य छिमेकी राष्ट्रहरूको जस्तो मात्र पनि होइन । यो सम्बन्ध भावनात्मक, सामाजिक र पारिवारिक तहसम्म विस्तार भएको छ । ‘रोटी बेटीको सम्बन्ध’ ले दुई देशबीचको आत्मीयता, विश्वास र सद्भावलाई जीवन्त बनाएको छ । नेपाली हुन् वा भारतीय नागरिकहरु, जस्लाई आपत विपतपर्दा एक ठाउँमा उभिएर मल्हम पट्टीका काम गर्छन् ।

दुःखको समयमा यी दुवै देशले एक अर्कामा साथ सहयोग गर्ने गरेका छन् । नेपालमा परेका ठूला विपत्तिहरू २०७२ सालको महाभूकम्प र विभिन्न समयमा आउने बाढीपहिरोमा भारत र भारतीय नगरिकले सधैं अग्रपंक्तिमा रहेर उद्धार र राहत सामग्रीसहित सहयोगको हात बढाएको छ । नेपाल र नेपाली जनताले पनि त्यस्ता बेला साथ सहयोग गर्ने गरेको छ ।

यसै बीच, भदौं १० गते नेपाल चीन सिमामा रहेको रसुवागढी भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,उद्धार तथा पुनःस्थापनाका लागि यासश्री फाउन्डेशन दार्जिलिङ भारतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेशनले उक्त रकम बराबरको वैंक अफ बडौदाकोे चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको जनाएको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै फाउन्डेशनले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ । फाउन्डेशनका उपाध्यक्ष एवम् सुमी यासश्री होटल एण्ड रिसोर्टका सञ्चालक सुमि लामा फाउन्डेशनका सचिव दिक्क्षेन भुटियाँ र सहसचिव बविता क्षेत्रीले आज जिल्ला प्रशासन कार्यालय झापामा पुगेर जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको प्रमाणित गरेका थिए ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको फाउन्डेशनले कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा सरकारी राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको बताइएको छ ।

पर्यटन मञ्च झापा नेपालका अध्यक्ष उदयकुमार श्रेष्ठको समन्वयमा फाउन्डेशनका पदाधिकारी, भारतीय एवम् नेपाली सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए । उपाध्यक्ष लामाका अनुसार फाउन्डेशन विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ । सचिव भुटियाँले फाउन्डेशनले विगतदेखि वर्तमानसम्म सामाजिक, शिक्षा, वातावरणलगायतका क्षेत्रमा गरेको रचनात्मक काम र भावी योजनाका बारेमा प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएकी थिईन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी पोखरेलले फाउन्डेशनले मानवीय सेवाप्रति देखाएको सदासयताप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरेका थिए ।

आगामी दिनमा समेत मानवीयताको सन्दर्भमा नेपालले भारतलाई, भारतले नेपाललाई सहयोग गर्ने वातावरण सदा कायम रहने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल र नेपालीहरुलाई परेको यो विपद्मा फाउन्डेशनले गरेको यो कामको प्रशंसा गर्दै फाउन्डेशनप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको समेत उपस्थिति रहेको बताइएको छ ।

सहभागीहरुले बाढीमा परी ज्यान गुमाउनेप्रति फाउन्डेशन परिवारकातर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.