१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बिर्तामोडको सुधार केन्द्रमा युवकको मृत्यु, कुटपिटको आरोपमा किटानी जाहेरी

मादक पदार्थको लत छुटाउन भर्ना गरिएका इलामका ३३ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएपछि आफन्तले सुधार केन्द्रविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

सेयर:

मादक पदार्थको लत छुटाउन भर्ना गरिएका इलामका ३३ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएपछि आफन्तले सुधार केन्द्रविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

📌 मुख्य बुँदाहरू:

  • इलामका ३३ वर्षीय नरबहादुर बस्नेतको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचारका क्रममा मृत्यु।
  • परिवारले सुधार केन्द्रका सञ्चालकविरुद्ध कुटपिट र लापरवाहीको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता।
  • सीसीटीभी फुटेजमा मृतकलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको दृश्य देखिएको आफन्तको दाबी।

झापाको बिर्तामोड–१ स्थित ‘शान्ति समूह नेपाल’ सुधार केन्द्रमा उपचाररत एक युवकको मृत्यु भएपछि आफन्तले सुधार केन्द्रविरुद्ध कुटपिट र लापरवाहीको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएका छन्। मादक पदार्थ सेवनको लत छुटाउनका लागि परिवारले भर्ना गरेको दुई दिनमै ३३ वर्षीय युवकको ज्यान गएपछि घटना रहस्यमय बनेको छ।

इलामको फाकफोकथुम गाउँपालिका–२, कोल्बोटे निवासी ३३ वर्षीय नरबहादुर बस्नेतलाई मादक पदार्थ सेवन (मापसे) को लत छुटाउन परिवारले ३ महिनाका लागि गत असोज २५ गते सो सुधार केन्द्रमा भर्ना गराएका थिए। तर, भर्ना भएको दुई दिनमै अर्थात् असोज २७ गते उनी बिरामी परेको खबर सुधार केन्द्रले परिवारलाई दिएको थियो। आफन्तहरू अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो। सुधार केन्द्रले बस्नेतलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यहाँ सम्भव नभएपछि बिर्तासिटी अस्पताल पुर्‍याएकोमा चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

सीसीटीभी फुटेजमा कुटपिट देखिएको दाबी

मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले बिर्तासिटी अस्पतालको शवगृहमा पुगेर दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको बताएका छन्। सुधार केन्द्रबाट चित्तबुझ्दो जवाफ नपाएपछि परिवारले सीसीटीभी फुटेज अवलोकन गरेका थिए। फुटेजमा दाजुलाई कोठाभित्र हातखुट्टा बाँधेर राखिएको, पीडाले उनी कराउँदा अन्य ३–४ जनाले शरीर थिचेर गालामा झापड हानेको र डोरी तथा लठ्ठीको प्रयोग गरेको देखिएको जाहेरीमा उल्लेख गरिएको छ।

प्रहरी अनुसन्धान सुरु

घटना शंकास्पद देखिएपछि र सीसीटीभी फुटेज सार्वजनिक भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गराएका हुन्। प्रहरीले घटनाबारे गम्भीरतापूर्वक थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सुधार केन्द्रभित्र भइरहेका यस्ता गतिविधिहरूले पुनस्स्थापना गृहको सुरक्षा र सञ्चालन मापदण्डमाथि प्रश्न उठाएको स्थानीयले बताएका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।