१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

शास्त्रमा दसैंको महत्व र शक्ति उपासनाको विधि

पूर्वीय धर्मदर्शनअनुसार आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष मानिने र यस अवधिमा गरिने घटस्थापना, पूजाआजा तथा बलिप्रथाको शास्त्रीय महत्वबारे प्रकाश पारिएको छ।

सेयर:

पूर्वीय धर्मदर्शनअनुसार आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष मानिने र यस अवधिमा गरिने घटस्थापना, पूजाआजा तथा बलिप्रथाको शास्त्रीय महत्वबारे प्रकाश पारिएको छ।

📌 मुख्य बुँदाहरू:

  • पूर्वीय धर्मदर्शनमा चार नवरात्रिमध्ये आश्विन शुक्लपक्षको शारदीय नवरात्रि विशेष मानिन्छ।
  • घटस्थापनामा राखिने जौको जमराको वैज्ञानिक र धार्मिक दुवै दृष्टिले ठूलो महत्व रहेको छ।
  • महाअष्टमीका दिन शक्तिपीठहरूमा बलि दिने चलन छ भने सात्विकपूजामा कुभिण्डो तथा बेल अर्पण गर्ने विधान छ।

पूर्वीय धर्मदर्शनमा चार नवरात्रि— माघशुक्ल, चैत्रशुक्ल, आषाढ शुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष रूपमा मानिन्छ। शक्ति उपासनाको यो नवरात्रिको पहिलो आकर्षण घटस्थापना हो, जसमा दियो, कलश, गणेश स्थापना गरी विशेष पूजा गरिन्छ।

सृष्टिको उषाकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी सर्वकल्याणमयीका रूपमा मानिन्छिन्। देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन्। मणिद्वीप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदि ग्रन्थहरूमा गरिएको छ।

घटस्थापना र जमराको महत्व

घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली छ। जौमा पोषणतत्व रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको वैज्ञानिक रूपमा समेत पुष्टि भएको छ। गाईको गोबर पवित्र मानिने र यसमा रोगका कीटाणुहरू बस्न नसक्ने विश्वास गरिन्छ। माटाको घडामा गोबर टाँसी जौ रोपेर उमारिएको जमरा शिरमा ग्रहण गर्नाले मनमस्तिष्क स्वच्छ र पवित्र हुने शास्त्रीय मान्यता छ।

महाअष्टमी र पूजाविधान

फूलपातीमा बढाइँसमेत हुँदै महाअष्टमी सुरु हुने र यसपछि दसैंको उत्कर्ष सुरु हुन्छ। महाअष्टमीका दिन पूजा गरिने देवी महागौरी हुन् भने यसदिन घरघरमा पशुपक्षीको बलि दिने चलन पनि छ। सात्विकपूजा गर्नेहरूले पशुबलि नदिई कुभिण्डो अथवा बेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा उल्लेख गरिएको छ। अष्टमीकै रात्रिमा कालरात्रि गरी पूजा गर्ने र भोलिपल्ट महानवमीका दिन बिहान बलि दिने चलन रहेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।