आज कोजाग्रत पूर्णिमा: महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्राम बसी दसैं समापन

आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज राति महालक्ष्मीको विशेष पूजा गरी जाग्राम बसेर १५ दिन लामो बडादसैं पर्व औपचारिक रूपमा सकिँदैछ।

A notice in Nepali from Mechinagar Ward No. 10
कोजाग्रत पूर्णिमाका अवसरमा पूजा आराधना गरिने महालक्ष्मीको प्रतीक वा सांस्कृतिक दृश्य

📌 मुख्य बुँदाहरू:

  • आज आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको विशेष पूजा आराधना गरी रात्रि जाग्राम बस्ने शास्त्रीय परम्परा छ।
  • विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने १५ दिन लामो क्रम आजैबाट समाप्त हुनेछ।
  • दसैंघरका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेष आजै नजिकैको नदी, तलाउ वा पवित्र तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।

नेपालीहरूको महान् पर्व बडादसैं (दुर्गा पक्ष) आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्राम बसेपछि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा (कौमुदी पूर्णिमा) का अवसरमा आज साँझ महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैं पर्व औपचारिक रूपमा अन्त्य हुनेछ।

धार्मिक विश्वासअनुसार आजको रात महालक्ष्मीले पृथ्वी भ्रमण गर्ने र जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी धन तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउने गर्छिन्। यस दिन महालक्ष्मीका साथै ऐरावत हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार आजै शास्त्रानुसार गरिने अखिल बलिपूर्तिको काम पनि सम्पन्न हुनेछ।

प्रसाद विसर्जन र आगामी पर्वहरूको तयारी

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने १५ दिन लामो क्रम आजैबाट समाप्त हुँदैछ। आज बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेष नजिकैको नदी, तलाउ वा पोखरीजस्ता पवित्र तीर्थस्थलमा लगेर विसर्जन (सेलाउने) गरिएको छ। लक्ष्मीपूजाको ठीक १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ।

बडादसैंको बिदा र तिहारको आगमनको संकेतका रूपमा लिइने यस दिनपछि भोलिदेखि कात्तिक स्नान, तुलसीको विशेष पूजा आराधना तथा आकाशदीप दान सुरु हुनेछ। कात्तिक स्नान व्रत बस्नेहरूले आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म मास, मुगी, मुसुरो, चना, भटमासजस्ता दुई दल हुने अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.