मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्यबिनाका सूचनाले अन्योल सिर्जना गर्ने भन्दै मलेसियाली सरकारसँग निरन्तर संवाद भइरहेको स्पष्टोक्ति।

A notice in Nepali from Mechinagar Ward No. 10
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लोगो तथा कार्यालय भवन

📌 Key Takeaways:

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना नफैलाउन कूटनीतिक आग्रह।
  • मलेसियाली सरकारसँग प्रचलित कानुन र द्विपक्षीय श्रम सम्झौताका आधारमा निरन्तर संवाद जारी।
  • श्रमिकको अधिकार संरक्षण र श्रम आप्रवासनलाई पारदर्शी तथा न्यायोचित बनाउन सरकार प्रतिबद्ध।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रामक, भ्रमपूर्ण एवं तथ्यहीन सूचना र समाचार सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अपुष्ट र सत्यतथ्यबिनाका सूचनाले आमनागरिक तथा सरोकारवालाहरूमा अन्योल सिर्जना गर्न सक्ने भएकाले आधिकारिक स्रोतबाट मात्रै जानकारी लिन आग्रह गरेको छ।

वैदेशिक रोजगारीजस्तो संवेदनशील क्षेत्रमा फैलाइएका यस्ता भ्रामक कुराहरूले वैदशिक रोजगारको प्रक्रियालाई प्रभावित पार्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार नेपाली श्रमिकलाई मलेसिया पठाउने विषयमा मलेसियाली सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर छलफल तथा कूटनीतिक संवाद भइरहेको छ। नेपालले प्रचलित कानुन, श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनअनुसार श्रमिक पठाउने प्रक्रियालाई थप व्यवस्थित बनाउन पहल गरिरहेको छ।

फाइल।
फाइल।

श्रम आप्रवासनलाई पारदर्शी बनाउने प्रतिबद्धता

नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई पारदर्शी, निष्पक्ष, वस्तुनिष्ठ र दुवै देशको पारस्परिक हितमा आधारित बनाउन सरकार कटिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ। नेपालको संविधान, प्रचलित कानुन र द्विपक्षीय श्रम सम्झौताविपरीत हुने कुनै पनि प्रणालीले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको ठहर छ।

मन्त्रालयले नेपाली श्रमिकको छनोट तथा भर्ती प्रक्रिया निष्पक्ष र मर्यादित बनाउन सरकार सकारात्मक रहेको जनाएको छ। दुवै देशबीच भइरहेको संवादमार्फत यस विषयलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.