१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

एनपीएल क्रिकेट: आज जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै

पहिलो खेलको हार बिर्संदै जनकपुर पहिलो जितको खोजीमा रहँदा काठमान्डु गोर्खाज यस संस्करणको पहिलो खेल खेल्दै विजयी सुरुआतको दाउमा छ।

सेयर:

पहिलो खेलको हार बिर्संदै जनकपुर पहिलो जितको खोजीमा रहँदा काठमान्डु गोर्खाज यस संस्करणको पहिलो खेल खेल्दै विजयी सुरुआतको दाउमा छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच पहिलो खेल हुँदैछ।
  • कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलमा जनकपुर आफ्नो दोस्रो खेल खेल्दैछ भने काठमान्डुले पहिलो खेल खेल्दैछ।
  • जनकपुर यसअघिको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (बिहीबार) जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२:३० बजेदेखि सुरु हुनेछ।

यस संस्करणमा जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेल खेल्न लागेको हो भने काठमान्डु गोर्खाजले यसै खेलमार्फत आफ्नो अभियानको सुरुआत गर्दैछ। यसअघि भएको आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। कर्णालीले प्रस्तुत गरेको एक सय ३२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरको ब्याटिङ अत्यन्त कमजोर देखिएको थियो र १९.३ ओभरमा एक सय १३ रनमै अलआउट भएको थियो।

logo
logo

जनकपुरको कमजोर ब्याटिङ र सुधारको प्रयास

कर्णालीविरुद्धको खेलमा जनकपुरका ब्याटरहरू क्रिजमा टिक्न असफल भएका थिए। ओपनर तृतराज दास एक रन र मयान यादव १४ रनमै आउट भएका थिए। विश्व क्रिकेटका प्रभावशाली खेलाडी मानिएका मोइन अली पनि १९ रनभन्दा अगाडि बढ्न सकेनन् भने अनिल साह ११ र श्रीलंकाली स्टार कुशल परेरा ६ रनमै पेभेलियन फर्किएका थिए।

जिम्मी निसम १५ रन र कप्तान हरमित सिंह १९ रनमा आउट हुँदा तल्लो क्रमका ब्याटर अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएका थिए। कर्णालीविरुद्ध बिर्सनलायक ब्याटिङ प्रदर्शन गरेको जनकपुर काठमान्डु गोर्खाजविरुद्धको खेलमा आफ्नो ब्याटिङ कमजोरी सुधार गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा रहेको छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।