प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिताको तयारी पुरा : विभागियसहित दश टिमको सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

१२ कात्तिक, भद्रपुर : भोलीदेखि झापाको भद्रपुरमा शुरु हुनगइरहेको त्रिदिवशिय प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगिता आयोजक भद्रपुर नगर हक्की संघले आज प्रतियोगिता हुने स्थल भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको र अबको केही घण्टामा प्रतियोगिता शुरु हुने जनाएको छ । उक्त प्रतियोगितालाई नेपालमै पहिलो पटक आयोजना हुन लागेको आयोजकको दावी छ ।

कात्तिक १३ गते विभिन्न सांगीतिक कार्यक्रम, झाँकीसहित उद्घाटन हुने प्रतियोगिताको समापन १५ गते हुने छ । सो अवधिभर हक्की खेलसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिने प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष सरोजकुमार बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा नेपालका विभागिय टोली, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाली सेनाको त्रिभूवन आर्मी क्लब, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/ एक आयोजक टिम एक तथा छिमेकी भारत असामको बन्गाईगाउँ स्पोर्टस एकाडेमी, आर के राय हक्की एकाडेमी तथा हक्की एशोसिएशन अफ वैशालीगरी कुल दशवटा टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमा वितरीत प्रेश विज्ञप्तीमा जनाइएको छ ।

बंगलादेशबाट समेत टिम सहभागी गराउने आयोजकले पटक पटक प्रयास गरेको र प्राविधिक कारण बंगलादेशका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने नसक्ने आयोजक संस्थाका उपाध्यक्ष पदम निरौलाले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रयोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह रहेको छ । १५ गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख रुपैयाँसहित शील्ड तथा मेडल प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने छ ।

पहिलो पुरस्कार झापाको भद्रपुर– ८ मा रहेको ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपक पोख्रेलले तथा उपविजेताले प्राप्त गर्ने पुरस्कार झापा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष युवा उद्यमी राजकुमार राईले सौजन्य गरेको विज्ञप्तीमा उल्लेख छ । तेस्रो पुरस्कार खेलप्रेमी सागर मिश्रले सौजन्य गरेका हुन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । उक्त प्रतियोगिताका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका, कोशी प्रदेश खेलकुद विकाश वार्ड, जिल्ला खेलुकद विकास समिति झापा,पर्यटन कार्यालयलगायतका सरकारी निाकयले निक्कै महत्वका साथ हेरेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई केवल खेलमा मात्र सिमीत नराखी यो प्रतियोगितासँग आन्तरिक पर्यटनलाई जोड्दै सांगीतिक कार्यक्रम समेत हुने पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख छ । उनका अनुसार प्रतियोगिता कोशी प्रदेश सभाका सभामुख अमर विष्टले उद्घाटन गर्ने तय भएको छ । उद्घाटनका दिन राष्ट्रिय कलाकार डम्बर नेपालीसहित स्थानीय कलाकारको प्रस्तुती तथा विभिन्न जातजातिको पहिचान झल्किने झाँकी प्रस्तुत हुने छ । दोस्रो दिन वा कात्तिक १४ गते अशोक दर्जी र समापनको दिन श्रीकृष्ण लुईँटेल बोकेदाह्ीको प्रस्तुती रहने पत्रकार सम्मेलनमा बताइएको छ । साथै प्रतियोगितामा पर्यटन प्रवद्र्धनसम्बन्धि गतिविधि समावेश गरिने उपाध्यक्ष निरौलाले बताए ।

लामो समयदेखि सञ्चालन हुँदै आएको हक्की खेललाई थप व्यवस्थित र व्यावसायिक बनाउने, बढ्दो लागूऔषधको दुव्यर्सनबाट युवाहरुलाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतले बताए ।
प्रतियोगिताले यस क्षेत्रको हक्की खेलको विकाश, खेलाडीको प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने तथा हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आर्कषित भएर हक्की प्रवद्र्धनमा सहयोग पुग्ने भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष वस्नेतको भनाई छ । पत्रकार सम्मेलनमा सहभागी सवैलाई शब्दमार्फत स्वागत गर्दै संघका सल्लाहकार संयोजक अनिल ढुङ्गानाले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सवैले आ –आफ्‌नो क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलले मेची रंगशालामा हुने फुटबल, मेची क्याम्पसमा आयोजना हुने क्रिकेट र अहिले सञ्चालन भइरहेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताले यस नगरलाई खेलकुदको महत्तवपूर्ण केन्द्रका रूपमा स्थापित गरेको बताए । उनले भद्रपुर नगरलाई खेलकुदको ‘हव’ बनाउँदै लैजाने र यस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधि बढाउनसमेत उल्लेखनीय योगदान पुर्‍याउने बताए । झापा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष युवा उद्यमी राजकुमार राईले यस प्रतियोगिताले नेपालमा हक्की खेलको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली हक्कीको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । सरकारले अब हक्की खेल खेलाउन तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने उनको भनाई छ । नेपाल हक्की संघ कोशी प्रदेशका महसचिव खगेन्द्र ढुङ्गानाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष श्रीमननारायण पौडेललगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.