इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भयो: कांग्रेस नेताहरूको आरोप

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि मोबाइल लुकाएको आरोप लाग्दा सहमहामन्त्री अजयबाबु शिवाकोटीले भने– सापकोटाको बयान सरकारको बनावटी प्रोपोगण्डा हो।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाली कांग्रेसका नेताहरू
🎧 समाचार सुन्नुहोस्नेपाली अडियो वाचन

📌 मुख्य बुँदाहरू:

  • नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाउँदै सरकारसँग आधिकारिक जवाफ माग गरेकी छन्।
  • प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म घरमा लुकाएको सञ्चारमाध्यममा आएको उनको दाबी छ।
  • कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले सापकोटाको भनिएको बयान विपक्षी आवाज थुन्ने नियतले तयार पारिएको सरकारी प्रोपोगण्डा भएको ठोकुवा गरेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले इनम सापकोटा प्रकरणलाई लिएर सरकारप्रति तीखो आक्रोश व्यक्त गरेका छन्। अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटाको प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको कांग्रेस नेतृ डिला संग्रौला पन्त र सहमहामन्त्री अजयबाबु शिवाकोटीले आरोप लगाएका हुन्।

नेतृ संग्रौलाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भन्ने विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले देशमा सुशासनको साट्टा छाडातन्त्र हावी हुन थालेको उल्लेख गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि लागेको आरोपबारे सरकारको आधिकारिक जवाफ माग गरेकी छन्।


विपक्षी आवाज थुन्ने सरकारी प्रोपोगण्डा: शिवाकोटी

यसैबीच, कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले अदालतमा विचाराधीन मुद्दामा पक्राउ परेका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको बनावटी प्रोपोगण्डा भएको बताएका छन्। इनमको बयान भनी बाहिर आएको अडियो सुनेपछि प्रतिक्रिया दिँदै उनले सरकारले जानीजानी उक्त अडियोलाई छेडखानी गरी बाहिर ल्याएको आरोप लगाएका छन्।

सहमहामन्त्री शिवाकोटीले चाडबाडको समयमा विपक्षी आवाज थुन्ने गृहकार्यस्वरूप उक्त अडियो सार्वजनिक गरिएको दाबी गरेका छन्। प्रहरी हिरासतमा रहेको व्यक्तिको बयान अदालतले समेत प्रमाण नमान्ने भन्दै उनले सरकारले आफूमाथि प्रश्न गर्नेहरूलाई तह लगाउन छनोटपूर्ण तरिकाले यस्तो सामग्री बाहिर ल्याएको जिकिर गरेका छन्।

📢 ताजा समाचार सिधै पाउन जोडिनुहोस्:हाम्रो आधिकारिक ह्वाट्सएप च्यानल तथा भाइबर समुदाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

डेटा बचत मोड