नेपाल राष्ट्र बैंकद्वारा आजदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु

तिहारलाई लक्षित गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट बिक्री वितरण, लक्ष्मी र गणेश अङ्कित सिक्का खरिद गर्न पाइने।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट बिक्री हुने सुनको असर्फी र चाँदीको मेडालियन

📌 मुख्य बुँदाहरू:

  • नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री वितरण हुँदैछ।
  • सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका चाँदीका मेडालियन बढीमा दुई थानसम्म खरिद गर्न सक्नेछन्।
  • असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएको छ भने खरिदका लागि नागरिकता वा परिचयपत्र अनिवार्य गरिएको छ।
  • खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन् भने प्रचलित बजार भाउमा उत्पादन लागतसमेत जोडिनेछ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीको मेडालियन (सिक्का) बिक्री वितरण सुरु गरेको छ। बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट यी सामग्रीहरू बिक्रीमा राखिएको हो।

सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका चाँदीका मेडालियन एक वा बढीमा दुई थानसम्म खरिद गर्न सक्नेछन्। यी असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएको छ। खरिदकर्ताले दैनिक प्रचलित बजार मूल्यका आधारमा असर्फी तथा मेडालियन किन्न सक्नेछन्। सिक्का उत्पादनमा लागेको लागतसमेत जोडिने भएकाले मूल्य प्रचलित बजार भाउभन्दा केही बढी पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Npl s3 content block
Npl s3 content block

खरिद प्रक्रिया र समय

महाशाखाले दिएको जानकारी अनुसार असर्फी र मेडालियन आज र भोलिमात्रै बिक्रीमा रहनेछन्। सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखामा उपस्थित भएर खरिद गर्न सक्नेछन्।

खरिदका लागि आफैँ उपस्थित हुनुपर्ने र नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सोको नम्बर उल्लेख भएको अन्य कुनै आधिकारिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा लिनुपर्नेछ। सेवाग्राहीको सहजताका लागि नगद भुक्तानीका साथै क्युआरमार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.