वीरगन्जको घडिअर्वा छठमा सहभागी हुन प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्रीलाई छठ पर्वको मुख्य दिन वीरगन्ज आएर आशीर्वाद ग्रहण गर्न आग्रह गर्दै औपचारिक निमन्त्रणा पत्र पठाएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
वीरगन्जको घडिअर्वा पोखरी छठघाट

📌 मुख्य बुँदाहरू:

  • घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा प्रधानमन्त्रीलाई वीरगन्ज आउन औपचारिक निमन्त्रणा
  • पर्सा-२ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइयो निमन्त्रणा पत्र
  • कात्तिक २९ गते पर्ने छठ पर्वको मुख्य दिन घडिअर्वा पोखरीमा उपस्थित हुन आग्रह
  • वीरगन्जको घडिअर्वा पोखरीस्थित छठघाटमा विगत दुई दशकदेखि भव्य रूपमा मनाइँदै आएको छठ पर्व

वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्ज आएर सहभागी हुन औपचारिक आग्रह गरेको छ। समितिले प्रधानमन्त्रीलाई वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीमा छठ पर्व मनाउनका लागि औपचारिक रूपमै निम्तो पत्र पठाएको हो।

मंगलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुसहितको टोलीले पर्सा-२ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्रीको कार्यालयमा निमन्त्रणा पत्र पठाएको हो। लोकआस्थाको महापर्व छठ पूजा देशको आर्थिक राजधानीका रूपमा परिचित वीरगन्जमा यस वर्ष पनि निकै आस्था र उल्लासका साथ मनाउन तयारी भइरहेको अध्यक्ष साहले बताएका छन्।

घडिअर्वा पोखरीमा विशेष तयारी

नेपालमै प्रसिद्ध वीरगन्ज-१० स्थित घडिअर्वा पोखरी छठघाटमा घडिअर्वा स्पोटर्स क्लबको आयोजना तथा छठ पूजा व्यवस्थापन समितिको व्यवस्थापनमा विगत दुई दशकदेखि अति आकर्षक ढंगले सजाएर छठ पूजा मनाउने गरिएको छ। आगामी कात्तिक २९ गते परेको छठ पर्वको मुख्य दिन अर्थात् सँझिया घाटेका दिन यस घडिअर्वा पोखरी छठघाटमा आएर छठी माताको आशीर्वाद ग्रहण गरिदिनु हुन आग्रह गरिएको समितिले जनाएको छ।

अध्यक्ष साहले लोकआस्थाको महान पर्व छठमा प्रधानमन्त्री शाहको वीरगन्जमा आगमन भएमा समस्त वीरगन्जवासीले नै ठुलो सौभाग्य महसुस गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.