छठ पर्वका लागि सोमबार पनि सार्वजनिक बिदा

गृह मन्त्रालयले कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो; यसअघि आइतबार छठ पर्वका अवसरमा बिदा तोकिएको थियो।

A notice in Nepali from Mechinagar Ward No. 10
छठ पर्वका अवसरमा नदी तथा जलाशयमा सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालुहरू

काठमाडौं । सरकारले छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०८३ साल कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

यसअघि सरकारले छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा निर्धारण गरेको थियो। तर छठ पर्वको मुख्य पूजापछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले सोमबार पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।

यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजा सम्पन्न गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.