मधेससहित मिथिलाञ्चलमा उल्लासका साथ सुरु भयो लोकआस्थाको महापर्व छठ

शुद्धता, निष्ठा र आराधनाको चार दिवसीय महापर्वअन्तर्गत जलाशय सरसफाइ, पूजा सामग्री खरिद र माटोको चुल्हो निर्माण कार्य तीव्र पारिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
छठ पर्वको तयारीमा जुटेका व्रतालु तथा सरसफाइ गरिएको छठघाट

📌 मुख्य बुँदाहरू:

  • लोकआस्थाको महापर्व छठ महोत्तरी, सप्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक सुरु भएको छ।
  • पर्वलाई लक्षित गर्दै नदीकिनार, पोखरी र जलाशयमा सरसफाइ, पण्डाल निर्माण तथा झिलिमिली सजावट गरिएको छ।
  • बजारमा केरा, माटाका भाँडा, बाँसका चोयाबाट बनेका डाली तथा पूजा सामग्री किन्नेहरूको भिड लागेको छ।
  • पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ।

महोत्तरी, सप्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा लोकआस्था, श्रद्धा र निष्ठाको महान पर्व छठ हर्षोल्लासका साथ सुरु भएको छ। दीपावली पर्वलगत्तै सुरु हुने यस चार दिवसीय पर्वका अवसरमा तराई-मधेसका गाउँबस्तीदेखि सहरी बजारसम्म धार्मिक तथा सांस्कृतिक चहलपहल अत्यधिक बढेको छ। सूर्यदेव र षष्ठीमाताको आराधना गरि मनाइने यस पर्वमा परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै कठोर व्रत बस्ने परम्परा रहेको छ।

पर्वको तयारीस्वरूप स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावटमा जुटेका छन्। विशेषगरी युवाहरू छठघाटलाई केराका थम्बा, फूलमाला र झिलिमिली बत्तीले झकिझकाउ बनाउन सक्रिय रूपमा खटिएका छन्। गाउँघरमा व्रतालुहरूले सामूहिक रूपमा नयाँ माटोको चुल्हो निर्माण गर्ने तथा घरका भित्ता लिपपोत गरेर शुद्ध पार्ने कामलाई तीव्रता दिएका छन्। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा घरघरमा छठका भक्तिगीत गुन्जिन थालेका छन्।

पूजा सामग्री र बजारमा चहलपहल

छठ पर्व नजिकिएसँगै मिथिला क्षेत्रका स्थानीय बजारमा पूजा सामग्री खरिद गर्नेहरूको घुइँचो लागेको छ। बजारमा केराका घरी, उखु, अदुवा, बेसार, कागती, ज्यामिर तथा विभिन्न मौसमी फलफूलको बिक्री बढेको छ। यसैगरी छठ पूजामा सामग्री राख्न प्रयोग हुने बाँसका चोयाबाट निर्मित ढकी, डलिया, कोनियाँ, नाङ्लो र पङ्खाको माग उच्च रहेको छ। नयाँ माटाका भाँडा जस्तै दियो, हात्ती, गाग्री तथा अङ्खरा किन्नेहरूको पनि उत्तिकै भिड देखिएको व्यापारीहरूले बताएका छन्।

चार दिनसम्म चल्ने विधि

पर्वअन्तर्गत पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखोनिँदो भई शुद्धि हुने र शाकाहारी भोजन ग्रहण गर्ने गर्दछन्। दोस्रो दिन 'खरना' विधि गरिन्छ, जस अन्तर्गत दिनभर उपवास बसेर साँझ पवित्र चुल्होमा खीर, पुरी तथा मिठाई पकाएर छठीमातालाई अर्पण गरी प्रसाद ग्रहण गरिन्छ। खरनासँगै व्रतालुहरूको कठोर निर्जला उपवास सुरु हुन्छ।

तेस्रो दिन साँझ व्रतालुहरू परिवारका सदस्यसहित नजिकैका जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई विधिपूर्वक 'सझुका अर्घ्य' अर्पण गर्छन्। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको विधिपूर्वक समापन गरिनेछ। पर्व सम्पन्न भएपछि इष्टमित्र तथा परिवारजनमा प्रसाद वितरण गर्ने परम्परा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.