१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान

पहिलो पटक मनाइँदै गरेको बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्रयास तीव्र बनाउन जोड दिएको छ।

सेयर:

पहिलो पटक मनाइँदै गरेको बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्रयास तीव्र बनाउन जोड दिएको छ।

📌 मुख्य बुँदाहरू:

  • विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क.
  • हरेक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार भइरहेको र विश्वमा प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने.
  • सन् २०३० सम्मको बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न हालको प्रयासको गति २० गुणा बढाउनुपर्ने युनिसेफको जोड.

बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा संयुक्त राष्ट्रसंघले विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेसँगै आज विश्वभर पहिलोपटक यो दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रसंघले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयासहरूलाई तत्काल तीव्र बनाउन गम्भीर आह्वान गरेको छ।

राष्ट्रसंघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह बाल्यकालमै भइसकेको पाइएको छ। तथ्याङ्क अनुसार विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार बनिरहेकी छिन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको प्रमुख कारण गरिबी रहेको बताएका छन्। द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसप्रकारका जोखिमहरू झनै बढ्ने उनको भनाइ छ।

प्रगतिको गति सुस्त, शताब्दीयौँ लाग्न सक्ने चेतावनी

पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासहरूबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोकिएको भए पनि अहिलेको प्रगतिको गतिले बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने चेतावनी दिइएको छ। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने उपायबाट मात्र बालविवाह रोक्न सकिने राष्ट्रसंघको ठहर छ।

२० गुणा बढाउनुपर्ने युनिसेफको जोड

यसैबीच, राष्ट्रसंघीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसंघीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बोल्दै बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका छन्। बालविवाह मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै उनले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चिता अनिवार्य भएको बताएका छन्। राष्ट्रसंघले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन अपिल गरेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।