१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापा महिला गोल्डकपः पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश

चन्द्रा भण्डारीको निर्णायक गोलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब उपाधि नजिक पुग्यो

सेयर:

चन्द्रा भण्डारीको निर्णायक गोलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब उपाधि नजिक पुग्यो

📌 मुख्य बुँदाहरू:

  • चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
  • उपाधिका लागि अब त्रिभुवन आर्मीले शनिबार एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मी फुटबल क्लब झापाको दुधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले शनिबार एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

झापाको दुधे रंगशालामा भएको सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब आर्मीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। उपाधिको दाबेदार मानिएको पुलिसले खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। खेलको ५१ औँ मिनेटमा चन्द्राले गरेको प्रहार नै खेलमा निर्णायक बन्यो। बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्स भएपछि चन्द्राले उक्त गोल गर्न सफल भएकी थिइन्।

पहिलो हाफदेखि नै दबाब बनाएको आर्मीले खेलको ४४ औँ मिनेटमा पनि अवसर पाएको थियो तर चन्द्राको प्रहार पुलिसकी गोलकिपर उषा नाथले मुस्किलले बचाइन्। त्यस्तै, ४९ औँ मिनेटमा बिमला चौधरीको प्रहार पनि पुलिसकी गोलकिपरले विफल बनाइदिएकी थिइन्। उता, खेलको आठौँ मिनेटमा पुलिसकी रेखा पौडेलको प्रहार आर्मीकी गोलकिपर कविता विकले पञ्च गरेर बचाइन्। खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला विक घोषित भइन् र उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

पुरस्कार राशि र प्रतियोगिताको विवरण

प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ वटा टिमको सहभागिता रहेको थियो। जसमा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी थिए।

प्रतियोगिताको विजेता टिमले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी, प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।