१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

यूएईमा कार्यरत श्रमिकले आफ्नो पासपोर्ट आफैँ राख्न पाउने कानुनी व्यवस्था

रोजगारदाता कम्पनीले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने गरी यूएईको संघीय श्रम कानुनमा स्पष्ट व्यवस्था गरिएको छ।

सेयर:

रोजगारदाता कम्पनीले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने गरी यूएईको संघीय श्रम कानुनमा स्पष्ट व्यवस्था गरिएको छ।

📌 मुख्य बुँदाहरू:

  • यूएईको संघीय श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकको पासपोर्ट आफ्नो नियन्त्रणमा राख्न पाउँदैनन्।
  • पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले कम्पनीहरूले आन्तरिक नियम बनाएर जफत गर्न मिल्दैन।
  • प्रशासनिक प्रक्रियाका लागि स्वेच्छाले बुझाएको पासपोर्ट काम सकिएलगत्तै फिर्ता गर्नुपर्नेछ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत श्रमिकहरूले अब आफ्नो राहदानी (पासपोर्ट) आफैँसँग राख्न पाउने भएका छन्। यूएईको श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजातहरू नियन्त्रणमा राख्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।

यूएईको मानव संशाधन तथा एमिराटाइजेसन मन्त्रालय (मोहरे) का अनुसार पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार हो। निजी क्षेत्रका रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई नियमन गर्ने यो कानुन सन् २०२२ फेब्रुअरी २ देखि नै लागू भइसकेको छ। यसअघि यूएईमा सञ्चालित धेरै कम्पनीहरूले कामदारको पासपोर्ट अपने नियन्त्रणमा राख्ने गरेका थिए।

प्रशासनिक कामका लागि बुझाएमा फिर्ता दिनुपर्ने

भिसा नवीकरण वा अन्य आवश्यक प्रशासनिक प्रक्रियाका क्रममा श्रमिकले स्वेच्छापूर्वक पासपोर्ट बुझाएको अवस्थामा भने काम सम्पन्न हुनासाथ रोजगारदाताले सम्बन्धित श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्नेछ। रोजगारदाताले आफ्ना आन्तरिक नीति वा नियम बनाएर पनि श्रमिकको पासपोर्ट जफत गर्न वा नियन्त्रणमा राख्न कानुनतः मिल्दैन।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।