१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मधेश प्रदेशलाई पराजित गर्दै एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुर्खेतमा भएको समूह चरणको खेलमा एपीएफले मधेश प्रदेशलाई ८० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

सेयर:

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुर्खेतमा भएको समूह चरणको खेलमा एपीएफले मधेश प्रदेशलाई ८० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

📌 मुख्य बुँदाहरू:

  • एपीएफले मधेश प्रदेशलाई ८० रनले पराजित गर्दै १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सेमिफाइनल यात्रा तय गरेको छ।
  • इन्दु बर्माले ५६ र रोमा थापाले अविजित ४४ रनको महत्वपूर्ण योगदान दिँदै एपीएफको स्कोर १४३ पुर्याएका थिए।
  • मधेश प्रदेशका लागि सरस्वती चौधरीले १७ र अनुराधा चौधरीले १४ रन बनाए पनि टोली ६३ रनमै समेटियो।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘बी’ को खेलमा एपीएफले मधेस प्रदेशविरुद्ध ८० रनको फराकिलो जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो। सुरुवाती ब्याटिङ सम्हाल्ने क्रममा ३ रनमै ३ विकेट गुमाएर दबाबमा परेको एपीएफको पारीलाई इन्दु बर्मा र रोमा थापाले सम्हालेका थिए। उनीहरूले चौथो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे। इन्दुले ५१ बलमा ९ चौkaसहित ५६ रन बनाउँदा, रोमा थापाले ४४ बलमा ४ चौका प्रहार गर्दै अविजित ४४ रन जोडिन। यसैगरी कविता जोशीले २३ रनको योगदान दिइन्। मधेशका लागि कप्तान पूजा महतोले दुई तथा सरस्वती चौधरी, प्रसिद्धिका खड्का र प्रज्ञा क्षेत्रीले एक–एक विकेट लिए।

मधेश प्रदेशको ब्याट्री असफल

एपीएफले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो। मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, सना प्रविन र कप्तान पूजा महतो शून्य रनमै आउट भएका थिए। मधेशका लागि सरस्वती चौधरीले १७ र अनुराधा चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ एपीएफका राजमति ऐरी र सुमन विष्टले दुई–दुई तथा रेखा रावल र कविता जोशीले एक–एक विकेट लिए। यस जितसँगै एपीएफले दुई खेलबाट चार अंक जोडेको छ भने पराजित मधेसको समान खेलबाट दुई अंक रहेको छ। दुवै टोलीले यसअघि लुम्बिनी प्रदेशलाई पराजित गरेका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।