१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव शङ्कर पोखरेल

तनहुँको दमौलीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनको हारलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन आग्रह गर्दै स्थानीय आवश्यकताका आधारमा दलहरूसँग तालमेल हुन सक्ने बताएका छन्।

सेयर:

तनहुँको दमौलीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनको हारलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन आग्रह गर्दै स्थानीय आवश्यकताका आधारमा दलहरूसँग तालमेल हुन सक्ने बताएका छन्।

📌 मुख्य बुँदाहरू:

  • नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • तनहुँको दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टीको राजनीतिक भविष्य समाप्त नहुने स्पष्ट पारे।
  • प्रेस चौतारी नेपाल तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले विचार र राजनीतिक दृष्टिकोण मिल्ने दलहरूसँग स्थानीय आवश्यकताका आधारमा सहकार्य र तालमेल हुन सक्ने धारणा व्यक्त गरे।
  • पार्टी सचिव खगराज अधिकारीले सङ्गठनभित्र गुटबन्दी स्वीकार्य नहुने बताउँदै गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन्। तनहुँको दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन्। एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

“एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन। पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ,” उनले भने, “एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ। पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ।” महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए। पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।

स्थानीय निर्वाचनमा तालमेलबारे प्रस्टोक्ति

महासचिव पोखरेलले स्थानीय आवश्यकता र परिस्थितिको आधारमा आगामी दिनमा अन्य राजनीतिक दलहरूसँग तालमेल हुन सक्ने बताएका छन्। दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विचार र राजनीतिक दृष्टिकोण मिल्ने दलहरूबीच स्थानीय आवश्यकताका आधारमा सहकार्य र तालमेल गर्न सकिने धारणा व्यक्त गरे। स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा एउटै राजनीतिक समीकरण लागू नहुने उल्लेख गर्दै उनले सम्बन्धित क्षेत्रको राजनीतिक अवस्था, दलहरूबीचको सम्बन्ध र स्थानीय जनताको अपेक्षालाई ध्यान दिनुपर्ने बताए। स्थानीय तहको निर्वाचनमा हुने तालमेललाई केन्द्रको राजनीतिक समीकरणसँग मात्र जोडेर हेर्न नहुने उनको भनाइ थियो।

गुटबन्दी अस्वीकार्य : सचिव अधिकारी र न्यौपाने

कार्यक्रममा पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। त्यस्तै, पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्। निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।