१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कांग्रेसको आधिकारिक चिह्न प्रयोग रोक्न निर्वाचन आयोग जाँदै, झापामा एकताका लागि अपिल

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक भइसकेको अवस्थामा समानान्तर गतिविधि रोक्न कांग्रेस आयोग जाने तयारी गरेको छ भने झापामा पार्टी एकतामा जोड दिइएको छ।

सेयर:

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक भइसकेको अवस्थामा समानान्तर गतिविधि रोक्न कांग्रेस आयोग जाने तयारी गरेको छ भने झापामा पार्टी एकतामा जोड दिइएको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ।
  • १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति आयोगमा अद्यावधिक भइसकेको छ।
  • झापा जिल्ला सभापति देउकुमार थेवेले व्यक्तिगत असन्तुष्टि त्यागी रुख र चारतारे झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन्।

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ। १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो।

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिएका छन्। देउवा समूहले भने पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ। उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ।

झापामा पार्टी एकताका लागि आह्वान

यसैबीच, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीका नेता तथा कार्यकर्तालाई रुख र चारतारे झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। उनले पार्टीभित्र विभाजन र दोहोरो भूमिका त्यागेर स्पष्ट राजनीतिक प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्।

आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक धारणा राख्दै सभापति थेवेले लोकतन्त्र र प्रजातन्त्रका मूल्य तथा उपलब्धिको रक्षा गर्दै कांग्रेसलाई पुनः बलियो, संगठित र जनताको भरोसायोग्य पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्। पार्टीलाई बलियो बनाउन आन्तरिक एकता अपरिहार्य रहेको सन्देश दिँदै उनले अब व्यक्तिगत असन्तुष्टिभन्दा संगठन र पार्टीको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।