१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हेटौँडा कपडा उद्योगलाई आधुनिक प्रविधिमार्फत पुनः सञ्चालन गर्न सकिन्छ : मन्त्री पुन

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनहरूको अवस्था अवलोकन गर्दै विज्ञान तथा प्रविधिमन्त्री पुनले नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत उत्पादन सम्भव रहेको बताएका छन्।

सेयर:

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनहरूको अवस्था अवलोकन गर्दै विज्ञान तथा प्रविधिमन्त्री पुनले नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत उत्पादन सम्भव रहेको बताएका छन्।

📌 मुख्य बुँदाहरू:

  • हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने मन्त्री पुनको भनाइ।
  • उद्योगका मेसिन बनाउने चिनियाँ कम्पनी बन्द भइसके पनि आधुनिक प्रविधि जोडेर उत्पादन सम्भव हुने दाबी।
  • विसं २०५७ देखि बन्द रहेको यस उद्योगमा हाल नेपाली सेनाको सहयोगमा २० वटा लुमबाट कपडा बुन्ने परीक्षण कार्य जारी।
  • वीरगञ्जको कृषि औजार कारखाना क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गर्न रु ७० देखि ८० करोड लगानी आवश्यक पर्ने प्रस्ताव।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।

मन्त्री पुनले हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको सो उद्योगको निरीक्षण गर्दै मेसिनको वर्तमान अवस्था र पुनः सञ्चालनका लागि रहेका चुनौतीहरूबारे जानकारी लिएका हुन्। सरकारको स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावनाको खोजी गर्न आफू स्थलगत अवलोकनमा आएको उनको भनाइ थियो।

उद्योगका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा पाउन कठिनाई रहेको उनले बताए। तथापि, पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधार गर्न सके उत्पादन सम्भव हुने विश्वास उनले व्यक्त गरे। यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उनको धारणा छ।

परीक्षण उत्पादन र अनुसन्धान केन्द्रको प्रस्ताव

अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। मन्त्री पुनले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव अघि सार्दै त्यसका लागि रु ७० देखि ८० करोड लगानी आवश्यक पर्ने बताए। अनुसन्धान तथा प्रविधि विकासका लागि नेपाली सेनासँग सहकार्य गर्न सकिने उनले उल्लेख गरे।

विसं २०५७ देखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयबमोजिम हाल परीक्षण उत्पादनको काम भइरहेको छ। उद्योगका कुल ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो भने बाँकी मेसिन मर्मतको क्रममा रहेका छन्। सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतका लागि रु ३३ लाख बजेट उपलब्ध गराएको थियो। हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने परीक्षणको काम अघि बढाइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।