१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

अस्ट्रेलियामा बालबालिकाको बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन ठुलो अनुसन्धान सुरु

मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा भइरहेको यस अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका १५ सय बालबालिका सहभागी गराइएको छ।

सेयर:

मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा भइरहेको यस अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका १५ सय बालबालिका सहभागी गराइएको छ।

📌 मुख्य बुँदाहरू:

  • अस्ट्रेलियामा बालबालिकामा देखिएको बोली तथा उच्चारणसम्बन्धी समस्याको वंशाणुगत कारण पत्ता लगाउन बृहत् अनुसन्धान सुरु गरिएको छ।
  • ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्ष उमेर समूहका एक हजार ५०० बालबालिकालाई सहभागी गराइनेछ।
  • मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको सहकार्यमा भइरहेको यो अध्ययनले समयमै निदान र उपचार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको मुख्य कारण पत्ता लगाउन अस्ट्रेलियामा ठुलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने वैज्ञानिक पहिचान गरी प्रभावित बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रमुख उद्देश्यसहित यो परियोजना अघि बढाइएको हो।

अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको संयुक्त नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिकालाई समेटिनेछ। सार्वजनिक गरिएको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको गहिरो पहिचान गर्नेछ।

अनुसन्धानको महत्त्व र प्रभावकारी उपचारको खोजी

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्ने गरेका छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै गए पनि केहीमा भने लामो समयसम्म कायम रहने गरेको पाइएको छ।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा नकारात्मक असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाई हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग संवाद गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सक्रिय रूपमा सहभागी हुन बाधा पुग्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

प्रारम्भिक पहिचानमा जोड

यस्ता समस्याको प्रभाव केवल बोल्ने क्षमतामा मात्र सीमित नहुने विज्ञहरूले बताएका छन्। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि गएर पढ्ने र लेख्ने क्षमतासँग पनि प्रत्यक्ष जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु अति महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले यो अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन र कसरी विकास हुन्छ भन्ने बुझ्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएकी छिन्। उनका अनुसार यस अनुसन्धानबाट प्राप्त हुने नतिजाले भविष्यमा प्रभावित बालबालिकाको आवश्यकताअनुसार प्रभावकारी उपचार तथा हेरचाहको व्यवस्था गर्न नयाँ बाटो खुल्नेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।