१४ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

भोजपुरको पाँचधारेमा ११ करोडको लागतमा आधुनिक कृषि उपज केन्द्र बन्ने, बोलपत्र आह्वान

भोजपुर र खोटाङका किसानलाई लक्षित गर्दै निर्माण हुन लागेको यस केन्द्रको ९५ प्रतिशत खर्च भारत सरकारले व्यहोर्नेछ भने बाँकी रकम र भ्याट गाउँपालिकाले लगानी गर्नेछ।

सेयर:

भोजपुर र खोटाङका किसानलाई लक्षित गर्दै निर्माण हुन लागेको यस केन्द्रको ९५ प्रतिशत खर्च भारत सरकारले व्यहोर्नेछ भने बाँकी रकम र भ्याट गाउँपालिकाले लगानी गर्नेछ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने उद्देश्यले गाउँपालिकाले निर्माण प्रक्रिया अघि बढाउँदै बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त केन्द्रको कुल लागतमध्ये ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ भने बाँकी पाँच प्रतिशत लागत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिएका छन्। निर्माण प्रक्रिया अघि बढाउनका लागि आवश्यक बोलपत्र आह्वान भइसकेको जनाइएको छ।

अत्याधुनिक सुविधा र कृषि क्षेत्रमा सुधार

प्रस्तावित केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली (कोल्ड स्टोरेज), कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सम्पूर्ण सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि वस्तुहरूलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्‍याउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

उचित बजार तथा सुरक्षित भण्डारणको अभावमा यसअघि किसानहरूले आफ्ना उत्पादनहरू कम मूल्यमा बिक्री गर्नुपर्ने वा बजारसम्म पुर्‍याउन नसेर खेर फाल्नुपर्ने बाध्यता झेल्दै आएका थिए। यस केन्द्रको सञ्चालनपछि त्यस्ता समस्या समाधान हुने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धन र रोजगारीका अवसर

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेलाई दुवै जिल्लाका कृषि उपजको हब बनाउने लक्ष्य राखिएको बताएका छन्। उनका अनुसार यस केन्द्रको स्थापनाले प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष टेवा पुग्नेछ।

कृषि उपजको सहज भण्डारण र बिक्री वितरणको वातावरण भएपछि किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुने र स्थानीयस्तरमै नयाँ रोजगारी तथा आयआर्जनका अवसरहरू सिर्जना हुने विश्वास गाउँपालिकाले लिएको छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।