१४ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

अर्जुनधाराद्वारा कचनकवल १३–० गोलले पराजित, प्रतियोगिताको अर्को चरणमा प्रवेश

काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगितामा कचनकवलमाथि फराकिलो जित निकाल्ने क्रममा करुणा राईले सर्वाधिक ६ गोल गरिन्

सेयर:

काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगितामा कचनकवलमाथि फराकिलो जित निकाल्ने क्रममा करुणा राईले सर्वाधिक ६ गोल गरिन्

📌 मुख्य बुँदाहरू:

  • अर्जुनधारा नगरपालिकाले कचनकवल गाउँपालिकालाई १३-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।
  • विजेता टिमका लागि करुणा राईले ६, बन्दना लिम्बूले ५ र आस्मा दाहालले २ गोल गरिन्।
  • उत्कृष्ट प्रदर्शन गरेकी करुणा राई म्यान अफ द म्याच घोषित भइन्।
  • आइतबारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ।

मेचीनगरस्थित काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगितामा कचनकवल गाउँपालिकालाई १३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै अर्जुनधारा नगरपालिका प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। शनिबार सम्पन्न खेलमा अर्जुनधारासामु कचनकवल पूर्ण रूपमा कमजोर देखिएको थियो।

खेलको सुरुवातिदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अर्जुनधाराले पहिलो हाफमै ८-० को फराकिलो अग्रता बनाउन सफल भएको थियो। त्यसपछि दोस्रो हाफमा पनि आफ्नो दबाब कायम राख्दै थप ५ गोल गर्न सफल भयो। खेलमा अर्जुनधाराका तर्फबाट करुणा राईले ६ गोल गरिन् भने बन्दना लिम्बूले ५ गोल र आस्मा दाहालले २ गोल आफ्नो नाममा लेखाएकी थिइन्।

उत्कृष्ट प्रदर्शन र आगामी खेल

टिमलाई फराकिलो जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी अर्जुनधाराकी खेलाडी करुणा राई खेलको म्यान अफ द म्याच घोषित भइन्। उनले पुरस्कारस्वरूप एक हजार पाँच सय नगद तथा ट्रफी प्राप्त गरिन्। आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत आइतबारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ।

📄 प्रेस विज्ञप्ति / सूचना

प्रेस विज्ञप्ति / आधिकारिक सूचना
📄 प्रेस विज्ञप्ति / सूचना कागजात
Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।